यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्मचार्य निर्वाचित ।

 चितवन माघ २० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्मचार्य निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी डोलनाथ गौतम लाई २ सय ७९ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । कर्माचार्यले ९ सय ८७ मत प्राप्त गर्दा डोलनाथ खनालले ७ सय ८ मत प्राप्त गरेका थिए । कर्मचार्यलाई नेपाली काँग्रेसको समर्थन रहेको थियो भने खनाललाई बाम गठबन्धनको समर्थन रहेको थियो । यस्तै वरिष्ठ उपाध्यक्षमा बिजय बहादुर स्वारले १०५७ , हरिशरण केसीले ९७३ र दिपक अधिकारीले ८३७ मतका साथ बिजयी भएका छन् । उता, उपाध्यक्षमा पुष्पा श्रेष्ठले ९७८ , सानुकाजी प्रजापतीले ७९७ जित बहादुर भारतीले ७ सय ४० राम प्रसाद सुवेदीले ७ सय ३१ , एन कुमार साईले ७ सय २५ , कृष्ण प्रसाद सुवेदीले ६४५ र प्रभु प्रसाद कलवारले ६३५ मत ल्याएर विजयी भएका छन् । यस्तै , मालवाहक तर्फको उपाध्यक्षमा १२१ मत ल्याएर यादवलाल श्रेष्ठ विजयी भएका छन् । यस्तै,महासचिवमा १ हजार ४२ मतका साथ पुण्य प्रसाद सिटौला विजयी भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी भरत नेपालले ४ सय ८३ मत प्राप्त गरे । यस्तै, उपमहासचिवमा बसन्त भण्डारीले ८ सय ४३ , डेकनाथ गौतमले ८ सय ४० र रवि रिमालले ७६६ मत प्राप्त गरि विजयी भएका हुन् । यस्तै, सचिवमा ६९८ मत प्राप्त गरी नन्दलाल श्रेष्ठ,६२९ मत प्राप्त गरी शम्भु प्रसाद रिजाल र ६१६ मत प्राप्त गरी शेखरनाथ सिटौला विजयी भएका छन् । त्यस्तै, कोषाध्यक्षमा ८ सय ५ मत प्राप्त गरी किरण कुमार खड्का र सहकोषाध्यक्षमा ७३६ मत प्राप्त गरी डम्वर राज पन्त विजयी भएको छ ।
ब्ततबअजmभलतक बचभब