नेविसंघका विद्यार्थी संगठनको नेबिसंघ बचाऔँ अभियान ।

 

 चितवन माघ १९ । नेपाली कांग्रेस निकटको भ्रातृसंगठन नेपाल विद्यार्थी संघलाई सक्रिय बनाउन विद्यार्थी नेताहरु नेविसंघ बचाऔँ अभियान चलाउन थालेका छन् । नेविसंघका कलेज कमिटि निष्कृय बन्न पुगेको भन्दै संघलाई चलायमान बनाउन अभियान थालनी गर्न लागिएको विद्याथी नेताले बताएका हुन् । नेविसंघ बचाऔँ अभियान चितवनको बिहीबार बसेको बैठकले नेविसंघलाई सशक्त बनाउन सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । शुक्रबार नेविसंघ चितवनको जिल्ला कार्यसमितिका पदाधिकारी लाई ध्यानाकर्षण पत्र बुझाउने, २० गते पूर्वसभापतिलाई ध्यानाकर्षण पत्र बुझाउने, २२ गते समिक्षात्मक जिल्लाव्यापी कार्यक्रम गर्ने जनाइएको छ । विद्यार्थी नेता ओमकार सापकोटा, बसन्त गैरे, भुवन सापकोटा, सूर्य कोइराला, सागर सुवेदी, प्रकाशबहादुर थापा, कुश थापा लगायतले बचाऔँ अभियानको अगुवाइ गरेका हुन् ।