हिन्दु जागरण अभियान नेपाल चितवन शाखाको अध्यक्षमा काफ्ले निर्वाचित ।

प्रनिश थापा , चितवन माघ १९ । हिन्दु जागरण अभियान नेपाल चितवन शाखाको अध्यक्षमा निरज शर्मा काफ्ले चयन भएका छन् । हिन्दु जागरण अभियान चितवन शाखाको बिहीबार कार्य समिति पुर्नगठन गरिएको हो । समितीको अध्यक्षमा काफ्ले सहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन् । उपाध्यक्षमा सुर्य प्रसाद दवाडी , कृष्ण प्रसाद भट्टराई, मोहन गिरी र विश्व न्यौपाने गरी चार जना चयन भएका छन् । त्यस्तै , सचिवमा कृष्ण भुषाल, कोषाध्यक्षमा प्रमोद कार्की , सह सचिवमा सञ्जिव भट्टराई र जिल्ला संरक्षकमा बालकृष्ण भट्टराई चयन भएको अध्यक्ष शर्माले जानकारी दिए । सल्लाहकार समितिमा मोहन लामा रुम्बाको संयोजकत्वमा ६ जना र बजार अनुगमन समितिको संयोजकमा चिज कुमार श्रेष्ठ चयन भएका छन् । यसैवीच गलत नियतले धर्मपरिवर्तन गराउने प्रवृत्ती बढेको भन्दै हिन्दु जागरण अभियान नेपालले आफ्नु आपत्ति भएको जनाएको छ । जुनसुकै व्यक्तिले जुनकुनै धर्म मान्न पाउने भन्दै अभियानका केन्द्रिय अध्यक्ष रामकृष्ण उपाध्यायले विदेशी पैसाको लोभ र डर देखाएर धर्म परिवर्तन गराउने कार्य प्रति ध्यानाकर्षण भएको बताएका हुन् । हिन्दु जागरण अभियान चितवनको बिहिबार भरतपुरमा भएको जिल्ला समिति पुर्नगठन कार्यक्रममा बोल्दै उनले उपाध्यायले हिन्दुहरुले मान्ने धर्म र संस्कृतिलाइ विदेशी दलालहरुले ध्वस्त पार्न खोजेको आशंका गरेका छन् । नेपालमा देखिने र नदेखिने धर्म परिवर्तनकारीहरु प्रवेश गरेको उनले बताए । नेपाल धर्म निरपेक्ष राष्ट्र भनी संविधानमा उल्लेख गरिएको छ । सरकारले हिन्दु धर्मको केही ठुला मन्दिरमा आम्दानी भएको रकम कुम्ल्याउने गरेको भएपनि यसको विकासका लागि बजेट विनियोजन नगरेको प्रति उनले गुनासो गरेका छन् । हिन्दु जागरण अभियानका संगठन विभाग प्रमुख हरिशरण पाण्डेले धर्मपरिवर्तन मुक्त, जातीय छुवाछुत मुक्त र सनातन हिन्दुराष्ट्र नेपाल निर्माणका लागी अभियान सशक्त भएर लाग्ने बताए । राप्रपा प्रजातान्त्रिकले नेपाललाइ हिन्दु राष्ट्र बनाउने भनी राजनीतिक एजेण्डा मात्रै बोेकेको उनले आरोप लगाएका छन् ।