किन गरे फिडेल क्यास्ट्रोका छोराले आत्महत्या ?

फिडेल क्यास्ट्रोका सवैभन्दा जेठा छोरा डियाज बालार्टले विहिवार आत्महत्या गरेको समाचार छ । एएफपीको समाचार अनुसार क्यूवाको सरकारी समाचार एजेन्सीले भनेको छ कि फिडेलका छोरा डियाज धेरै दिनदेखि डिप्रेशनमा थिए र उनको उपचार भैरहेको थियो ।
क्यूवाडिवेट वेबसाइटका अनुसार डियाजको केही महिनादेखि डाक्टरले उपचार गरिरहका थिए । तर, विहिवार उनले आत्महत्या गरेका छन् ।
उनको उमेर ६८ बर्षको थियो । आफ्नो बुवाजस्तो देखिने कारण उनलाई कतिपयले फिडेलिटो पनि भन्थे । क्यास्टोको पहिलो पत्नीको छोरा थिए डियाज ।
डियाजले साम्यवादी देश क्यूवामा एटमी कार्यक्रम शुरु गर्नेमा मद्धत गरेका थिए । उनी एक वैज्ञानिक थिए, जसले पूर्व सोभियत संघबाट प्रशिक्षण लिएका थिए ।
उनी क्यूवा सरकारका वैज्ञानिक सल्लाहकार तथा एकेडमी अफ साइन्सेसका उपाध्यक्ष पनि थिए ।