ग्राण्डी अस्पतालको चितवनमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर ।


चितवन । पुर्वी चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ । शिविरमा उच्च रक्तचाप र मधुमेह लगायतका परीक्षण निःशुल्क गरिएको छ भने साथमा आकस्मिक उपचार सेवा समेत उपलब्ध रहेको छ महासंघमा आवद्ध रहेका तीन सय सदस्य संघ र समिती र प्रालि बाट २३ सय जना भन्दा बढी प्रतिनिधी सहभागी रहेको महाधिवेशनमा हिजो मात्र एक हजार जना भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले स्थापना कालदेखी नै समय समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै आइरहेको छ । एकै छानामुनी ३५ वटा बिभिन्न बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अलगअलग बिधाका बिशेषज्ञहरुको सहज उपलब्धताले जटिल भन्दा जटिल प्रकृतिका बिरामीहरु को उपचार समेत सम्भव हुने गरेको छ ।