एनएफसी विजयी

चितवन । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको बुधबारको खेलमा नारायणगढ फुटबल क्लवले ४–१ को गोल अन्तरले रामनगर फुटवल क्लबलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ ।
पहिलो हाफको २२ मिनेटमा नारायणगढका कुशल श्रेष्ठ गोल गरेका थिए । खेलको ४० औं मिनेटमा नारयणगढका राजेश परियारले टीमका लागी दोस्रो गोल थपेका थिए । दोस्रो हाफमा रामनगरका एलिस तामागंले १ गोल फर्काए ।
५२ औं मिनेटमा आत्मघाती गोल ब्यहोरेको रामनगर अन्तिम समयमा सम्हालिन नसक्दा ईन्जुरी समयमा नारायणगढका तर्फबाट सुरेश कुमालले गोल थपि जित निश्चित गरेको क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए ।
खेलको म्यानअफ दि म्याच एन् .एफ् .सि का सुरेश कुमाललाई प्रहरी नायब महानिरीक्षक केदारमानसिहं भण्डारी र व्यवसायी अनिल शाक्यले ट्रफि प्रदान गरेका थिए ।
फाल्गुन २ गते सम्म चल्ने खेलको विजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
बिहिबारको खेल युनिक फुटबल क्लब भरतपुर र रामपुर फुटबल क्लबका बिचमा खेल हुने क्बलका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।