Breaking News

आयोडिन महिना सुरु : आयोनुनको महत्व प्रचार गरिदै

फेबुअरी महिना भरी​ बिभिन्न कार्यक्रम गरी आयोडिन महिनाका रुपमा मनाईने भएको छ । नेपालसहित १ सय २० राष्ट्रहरुले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आएका छन् । नेपालमा पनि फेबु्रअरी १ बाट एक महिनासम्म आयोडिन मन्थ अर्थात आयोडिनयुक्त महिना शुरु भएको हो । नेपालले सन् १९८८ युनिभर्सल साल्ट आयोडाइजेसनको नीतिअनुसार मानिस र पशुले खाने नुनमा आयोडिन मिसाउन थालेपछि हरेक फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आएको हो । आयोडिनयुक्त नुनको प्रर्वद्धन र यसको कमीबाट हुने शारीरिक कमजोरीका बारेमा जानकारी गराउने उद्देश्यले एक महिनाभर सचेतनामूलक कार्यक्रम गरिने साल्ट् टेडिगं कर्पोरेसन चतवनका प्रमुख बुद्धि बिनोद दाहालले जानकारी दिनु भयो । एक स्वस्थ्य व्यक्तिलाई दैनिक औषत १ सय ५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने उहाको भनाइृ छ । सरकारले आयोडिन बाट हुने असर न्युनिकरण गर्न एक महिनाभरी प्रचार प्रसारका कार्यक्रम गर्ने उदेश्य सहित फेबुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउदै आएको उहाको भनाई छ । सरकारले २०१८ को अन्त्य सम्म आयोडिन नुनको प्रयोग गर्ने घर संख्या ९५ प्रतिषतमा पुर्याउने लक्ष्य राखेको र त्यही अनुरुप गाउगाउमा प्रचारात्मक कार्यक्रम हुने दाहाल बताउनु हुन्छ । यहाका अनुसार यो महनिाभर बिभिन्न स्कुलहरुमा ५ वटा , हाटबजारमा ३ वटा, स्वास्थ्कर्मीहरु संग ५ वटा सचेतना कार्यक्रम र एफएम रेडियोमा प्रचार सामाग्रीका साथै सचेतना र्यालीका कार्यक्रम हुने दाहाल बताउनु हुन्छ । यसै अन्त्रगत बिहिबार स्वास्थ्य कर्मिहरुसंग छलफल समेत भएको दाहाल बताउनु हुन्छ ।
आयोडिन थाइराइड ग्रन्थिलाई सही किसिमले काम गर्न र खाएको खानालाई अधिकतम मात्रामा शक्तिमा रुपान्तरण गर्न अत्यन्त आवश्यक पर्ने खनिज पदार्थ भएको दाहाल बताउनु हुन्छ । जसले शारीरिक तथा मानसिक वृद्घि र पाचन प्रणालीलाई सहयोग पुर्यापउँछ । आयोडिन सबैलाई स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक पोषक तत्व भएको र वयस्कलाई भन्दा शिशुलाई बढी मात्रामा आयोडिन चाहिने उहाको भनाई छ । आयोडिनको सेवनले शरीरको छाला, नङ र कपाललाई स्वस्थ राख्नका साथै आयोडिनले लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीर बाहिर निकाल्ने र हानिकारक सूक्ष्म जीवाणुलाई नष्ट पनि पार्ने भएकाले आयोडिनको सेवन गर्न आवस्यक रहेको दाहालको भनाई छ । आयोडिनको कमिहुदा थाइराइड ग्रन्थिमा उत्पन्न हुने समस्याका कारणले प्रत्यक्ष–परोक्ष रुपमा महिलामा स्तन क्यान्सरको सम्भावना हने बताईएको छ । महिलालाई अन्य समयभन्दा गर्भावस्थामा बढी मात्रामा आयोडिनको आवश्यकता पर्छ। गर्भावस्थामा आयोडिनको कमी भएमा भुर्णको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुन सक्ने, कम तौल (२५ सय ग्रामभन्दा कम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक विकास अत्यन्त कम हुने चिकित्सकहरु बताउछन् । आमा गर्भवती हुदाँ आयोडिनको कमी भएमा रक्तचाप बढ्ने, बच्चाको शारीरिक र मानसिक विकास उचित रुपमा नहुने र बच्चा लुलो लंगडो हुने आदि समस्याहरु देखिन सक्ने बालबालिकाहरुमा बोल्ने, हिड्ने, पढ्ने, सिक्ने आदि कलाहरु राम्रोसंग विकसित नहुने समस्या देखिने छ । आयोडिनको कमीले गर्दा थाइराइड हर्मोन आवश्यता अनुसार उत्पादन नहने र त्यसले बृति र बिकासमा असर गर्ने बताईएको छ । आयोडिनको कमीबाट आलाश्य हुने, कमजोर हुने भोक नलाग्ने जाडो बढी हुने तौल बढ्ने शरिर सुन्निने छाला खस्रो हुने कपाल झर्ने कव्जियत हुने आँखा धमिलो हुने महिलाहरुमा महिनावारी र बाँझोपनको समस्या थाईराइड तथा अन्य विभिन्न भागको क्यान्सर हुने बताईएको छ ।

sahid diwas