तनहुँको दमौली जोड्ने पक्की पुल निर्माणकार्य शुरु ।

lrtjgsf] gf/fo0fu9 d’lUng ;8s cGtu{t ;]tL bf]efgdf /x]sf] hf]lvdo’Qm r66fg kG5fO{b} . cfh lbge/ uf8L /f]s]/ r66fg kG5fpg] sfd ul/Psf] lyof] . t:jL/ ;f}hGo M gf/fo0fu9 d’lUns ;8s cfof]hgf . /f;;

चितवनको घुमाउनेबाट तनहुँको दमौली जोड्ने पक्की पुल निर्माणकार्य शुरु भएको छ । १ सय ५ मिटर लामो पक्की पुल त्रिशुली नदी माथि बन्न लागेको हो । नारायणगढ–मुग्लिङ्ग सडकखण्डको बीच भागमा पर्ने घुमाउने भन्ने ठाउँवाट वुद्धसिंह मार्ग हुदै दमौली जादा सडक २५ किलोमिटर छोटो हुनेछ । यो पुल बनेपछि तनहुँको सदरमुकाम दमौली, पोखरा, बाग्लुङ, पर्वत जानका लागि मुग्लिङ्गको वाटो प्रयोग गर्नुपर्दैन् । ९ करोडको लगानीमा आगामी ४ वर्षभित्र पुल बनाइसक्ने गरी हेटौंडाको मृत सञ्जीवनी निर्माण कम्पनीलाई ठेक्का दिइएको सडक डिभिजन कार्यालय तनहुंका इन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए । माघे संक्रान्ति अघिबाट पुल निर्माणको काम थालिएको इन्जिनियर श्रेष्ठले बताए । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुने छ । डबल लेनको पुलमा ७।५ मिटर गाडी हिड्ने भाग रहने इन्जिनियर श्रेष्ठले बताए । यो पुल अत्याधुनिक प्रविधिको आर्क डिजाइनमा बनाइने छ ।