हुन्डाई गाडीको ब्रम्हलुट

प्रत्येक गाडीमा ६ लाख भन्दा बढी रकम असुली

 

चितवन । नेपाली बजारमा हुन्डाई गाडीको ‘इओएन एरा प्लस’ गाडीमा लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रत्येक गाडीमा ६ लाख भन्दा बढी रकम उपभोक्ताबाट ब्रम्हलुट गर्दै आएको छ । हुण्डाईको ‘इओएन एरा प्लस’ गाडी नेपाली ३,४२,६०९ रुपैयाँमा बन्छ । यो गाडी भ्याट, एडिशनल भ्याट लगायत गरेर नेपाली रोडमा आईपुग्दा ११,३१,७४७ रुपैयाँँमा आईपुग्छ । त्यस्तै, यो गाडीको वार्षिक रोड ट्याक्स १९,००० रुपैंया पर्न जान्छ । रजिष्ट्रेसन चार्ज बापत ८०,५५२ लाग्छ र रक्सौल, बिरगञ्ज हुँदै नेपाली बजारमा आईपुग्दा यो गाडीको मुल्य १२,३१,२९९ रुपैंया पर्न जान्छ । तर, नेपालका लागि आधिकारिक विक्रेता बनेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले १८,९६,००० मा बेच्दै आएको छ । यसरी लक्ष्मी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘इओएन एरा प्लस’ गाडीमा ६,६४,७०१ नाफा मात्र लिँदै आएको छ । सरकारी कानुनअनुसार वास्तविक मुल्यमा बीस प्रतिशतभन्दा बढी रकम जोडेर सामान बिक्रीवितरण गर्नु नियमसंगत छैनन् र यस्ले कालोबजारी’ को पराकाष्ठा नाघेको छ भन्दा पनि केही फरक नपर्ला । तर, यहाँ लक्ष्मी इन्टरकन्टिनेन्टलको नाफा नै ५३ प्रतिशत नाफा असुलेको छ। सत्य पहिल्याएपछि विभागले लक्ष्मी इन्टरकन्टिनेन्टल विरुद्ध कारवाही प्रक्रिया अगाडी बढाएको छ । तर, थामथुप पार्न उ विभिन्न शक्ति केन्द्र धाइरहेको छ । यतिसम्की अर्थमन्त्री र सचिवसमेतलाई प्रभावित पारेर उन्मुक्ति लिने खेल भइरहेको छ । मूल्य निर्धारणको नीति र मापदण्ड बनाउन चासो नदिने राजनीतिक र प्रशासनिक नेतृत्व ठुलाठुला व्यापारीको अगाडि निरिह बन्ने र दोषीले नै उन्मुक्ति पाउने संभावना लक्ष्मी इन्टरकन्टिनेन्टलको मुद्दामा पनि दोहोरिने सम्भावना प्रायः निश्चित छ । ( हुुुुन्डाई गाडीको ठगी धन्दा को बारे हाम्रो खोजीनितीे निरन्तर रहिरहने छ ) ।