गोपाल पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाए : गोविन्द केसी


बुधबार, १७ माघ
काठमाडौ । चिकित्सक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाएको आरोप लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ परिसर अगाडि संचारकर्मीसंग कुरा गर्दै उनले प्रधान न्यायाधीश पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाएको आरोप लगाएका हुन् ।

उनले प्रधानन्यायाधीस पराजुलीलाई हत्यारा को आरोप पनि लगाए । प्रधानन्यायधीश पराजुलीको विवादित नागरिकता प्रमाणपत्र एवं ,शैक्षिक प्रमाण पत्र लगायतको सम्पुर्ण सूचना उपलब्ध गराउ माग गर्दे निवेदन दर्ता गराएर बाहिर निस्कदै गर्दा डाक्टर केसीले प्रधानन्यायाधीसलाई राजनीतिक दलहरुले टेको दिएको दाबी गरे ।

पराजुलीले दुई वटा नागरिकता लिएको विषय बाहिर आउदा पनि राजनीतिक दलका नेताहरु मौन बस्नुले सबै लुटतन्त्रमा सहभागी छन् भन्ने विषय प्रमाणित गरेको समेत उनले दाबी गरे ।

केसीको मुद्दाको वकालत गरिरहेका वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीलाई प्रधानन्यायाधीश पराजुलीले मार्ने धम्की दिएको दाबी डाक्टर केसीले गरे ।

बुधबार नै डाक्टर भण्डारीले आफुमाथि मार्ने धम्की आएको भन्दै प्रशासनमा सुरक्षाको माग गर्दै निवेदन दर्ता गराए ।

डाक्टर केसीले आफुले सधै अदालत र सही न्याय सम्पादन गर्नेलाई सम्मान गर्ने उल्लेख गर्दै न्याय विक्रि गर्ने विरुद्ध सधै लडिरहने स्प्ष्ट पारे । उनले पराजुलीको समर्थनमा आउने फैसलालाई आफुले नमान्ने पनि स्पष्ट पारे ।