चितवनमा “पञ्चेबाजा” को रेड कार्पेट प्रिमियर शो हुने…


बहुप्रतिक्षित चलचित्र “पञ्चेबाजा” को रेड कार्पेट प्रिमियर शो चितवनमा हुने भएको छ । फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र “पञ्चेबाजा” लाई मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा यही फागुन ८ गते ,मंगलबार साँझ ६ बजे क्यूएफएक्स जलमा सिनेमा हल नारायणघाटमा कलाकारहरुको साथमा भव्य रेड कार्पेट प्रिमियर शो हुने भएको छ । नेपाली सिनेमा क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको मिडिया हाउसले आम दर्शकहरुको रोजाईमा नयाँ बहुप्रतिक्षित चलचित्र “पञ्चेबाजा” को भब्य रुपमा रेड कार्पेट प्रिमियर शो गर्ने जनाएको छ । शो कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकारहरुको बाक्लो उपस्थिती हुने जनाईएको छ । रेड कार्पेट प्रिमियर शोमा चलचित्र “पञ्चेबाजा”का कलाकार संगै अन्य राष्ट्रिय कलाकारहरुलाई पनि सम्मान गरिने मिडिया हाउसका अध्यक्ष हरि कार्की “लक्की“ले जानकारी दिनुभयो । नेपाली समाजमा अधिकांश घट्दै आइरहेको जल्दो बल्दो कथालाई चलचित्र “पञ्चेबाजा” मा चित्रण गर्न खोजिएको छ ।घनश्याम लामिछाने निर्दे््िशत चलचित्रमा सौगात मल्ल कर्मा,जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको अभिनय रहेको छ।न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’मा राजेश शाहीको लगानी छ ।चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ ।