सई आचार्यले कस्को बलमा गर्दैछन् दादागिरी ?


माघ १७,चितवन । प्रहरी नियमावलिलाई रघिको टोकरीमा मिल्काउदै एउटै चौकीमा दुई पटक सम्म काज मिलाई मालामाल भएको ब्यक्ति सई भानु भक्त आचार्यको काम र कार्य शैलीबाट चितवन चनौली आसपासका स्थानिय आजित भईसकेका छन् । सई आचार्यकै संरक्षणमा चनौली आसपासका पार्टी प्यालेस र कटेज रेष्टुरेण्टहरुमा दैनिक जसो जुवाखाल र वेश्यावृती भईरहेपनि प्रहरी प्रशासन तमासे बनि मुक दर्शक बसिरहेको स्थानियले आरोप लगाएका छन् । सई आचार्य साँझ परेपछि सिविल डे«समा आफै घुम्ने र केही होटलवालाहरु र त्यस्तै केही तस्करहरुसँग सँगै रम्ने गरेको समेत ति स्थानियले आफनो नाम नबताउने शर्तमा भण्डाफोरलाई जानकारी दिएका छन् । एक विश्वस्त श्रोतले दिएको जानकारी अनुसार सई आचार्यले माथि बुझाउनु छ भन्दै आफु मातहतका केही हल्दार सिपाहीलाई रकम उठाउन लगाएको खुल्नमा आएको छ । श्रोतका अनुसार नारायणी नदिको गाँजीपुर, सिमरी टाउन लगायतका स्थानमा अबैध र मनलाग्दी उत्खनन् र नदिजन्य पदार्थ तस्करी गर्नेहरुले आचार्यलाई मोटो रकम बुझाएरै निर्धक्क काम गरी रहेका हुन् । चनौलीमा रहेको चनौली पार्टी प्यालेसमा दिन दहाडै जुवाखाल भईरहेपनि आचार्यले कार्बाही गर्नुको सट्टा उल्टै रखवाली गर्दै आएको स्थानियको आरोप छ । त्यस्तै केही कटेज रेष्टुरेण्टमा दिउसै यौन धन्दा भईरहेपनि आचार्य के हेरी बसिरहेका छन् भनि एक स्थानियले गुनासो गरेका छन् । उनका अनुसार गत असोज २८ गते चनौली पार्टी प्यालेसमा प्रहरी सितको झडपको घटनामा प्रहरीको राईफल भाँचिएको घटनालाई समेत आचार्यले जिल्लामा गलत रिपोर्ट बुझाएको बुझिएको छ । आफै मदिराले मस्त भएका आचार्यकै कारण सो राईफल भाचिएको तर सुरज सिंह ठकुरी नामका एक युवकलाई मरणासन्न हुने गरी कुटी त्यो राईफलको रकम बापत उनीबाट समेत आचार्यले जर्बजस्ती मोटो रकम असुलेको ति स्थानियले बताए । यसरी प्रहरी नियामावली विपरित शक्तिको चाकडी गरी चनौली चौकीकै इन्चार्जका रुपमा दोस्रो पटक आएका सई आचार्यको दादागिरी बढ्दै गएपछि स्थानियहरुले प्रश्न गर्न थालेका छन् सई आचार्यले आखिर कसको बलमा गर्दैछन् दादागिरी ? प्रहरी नियामवलीलाई लत्याउदै उनलाई त्यस स्थानको मौजा सुम्पने को हुन् ?सर्बत्र चासो र जिज्ञासाको विषय बनेको छ । यति खेर पश्चिम चितवनमा यस प्रश्न र आचार्यको चनौली मै पुन ः आउनुको कारण र मनाशय के हो त ? उनलाई त्यही चौकीमा पुनः काज मिलाउनेको स्वार्थ के हो ?स्थानिय जान्न र बुझ्न चाहान्छन् । प्रहरी श्रोतका अनुसार उनी एआईजी केसरी घिमीरेको निगाहमा त्यस चौकीमा नियमावली विपरित सरुवा भएको बताइन्छ । यसैविच यस विषयमा बुझ्न खोज्दा एआईजी घिमिरेको मोबाइलमा सम्पर्क हुन सकेन ।
आजको भण्डाफोर अभियानबाट