बँदेल मारेको आरोपमा एक पक्राउ ।


चितवन , माघ १६ । पुर्वी चितवनको कालिका नगरपालिका आठ देवीटारबाट बँदेल मारेको आरोपमा मंगलबार एक जना पक्राउ परेका छन् । जिल्ला बन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बँदेलको मासू भाग लगाएर झोलामा लिएर हिँडेको अवस्थामा देवीटारकै ४१ बर्षिय चन्द्रबहादुर मगरलाई पक्रउ गरिएको हो । प्ररम्भिक अनुुसन्धानका क्रममा बँदेल मार्ने क्रममा ८ जना संलग्न रहेको खुल्न आएकोले अन्यको वन कार्यालयका सुरक्षाकर्मीले खोजी कार्य जारी राखेको जनाएको छ । पक्राऊ परेका मगरलाई अहिले सोधपुक्षका लागि वन कार्यालयको हिरासतमा राखिएको छ । दोषी ठहरिएमा निजलाई बन्यजन्तु सम्बन्धि ऐन २०२९ अनुसार पचास हजार जरीवाना र एक वर्ष सम्म कैद वा दुवै सजाय हुने कार्यालयले जनाएको छ ।