नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन आजबाट शुरु

उपराष्ट्रपति नन्द ब. पुन ले उदद्वघाटन गर्दै


चितवन, माघ,१७ –
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु भएको छ ।
महासंघले हिजो (मंगलबार) महाधिवेशन स्थल चितवनको रत्ननगरमा पत्रकार सम्मेलन गरि पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी बारे जानकारी दिएको हो । महाधिवेशनको उपराष्ट्रपति नन्द बहादुर पुनले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनको लागी ७७ वटै जिल्लाबाट प्रतिनिधी प्रर्यबेक्षकहरु महाधिवेशन स्थलमा आईसकेको र महाधिवेशनको सम्पुर्ण तयारी गरि सकिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) ले जानकारी दिए । महासंघको बिधान बमोजिम सदस्य संघ र समितीबाट ६ जना महाधिवेशन प्रतिनिधी र दुई जना पर्यवेक्षक, सदस्य प्रा.ली.बाट एक जना महाधिवेशन प्रतिनिधी र दुई जना पर्यवेक्षक साथै अन्य महाधिवेशन प्रतिनिधी गरी करिब २ हजार ३ सय जना महाधिवेशनमा सहभागी रहने
महासचिव सिटौलाले जानकारी दिए । उनले राष्ट्रिय महाधिवेशनबाट महासंघलाई संघिय संरचनामा लैजाने बताए ।
नीजि क्षेत्रका व्यवसायीको झण्डै साढे ५ अर्व लगानीमा ४ लाख सार्वजनिक सवारीसाधन संचालनमा रहेको उप–महासचिव डेकनाथ गौतमले जानकारी दिए । उनले यातायात क्षेत्रवाट करिव २० लाखले रोजगारी पाएको वताए
महाधिवेशनमा अतिथीहरु आउने क्रम चलिरहेको र सम्पुर्ण व्यबस्थापनको कामहरु भइसकेको महासंघका उपाध्यक्ष राम प्रसाद सुवेदीले जानकारी दिए ।
महाधिवेशनमा महासंघको मौजुदा बिधानलाई संघीय संरचना अनुरुप संशोधन गरी संशोधित बिधान अनुरुप निर्वाचन गरिने नेपाल यातायात व्यवसायी राष्ट्र्यि महासंघका कार्यबाहक अध्यक्ष एवंम पाँचौ राष्ट्रिय महाधिवेशन मूल समारोह समितीका संयोजक डोलनाथ खनालले जानकारी दिए । महाधिवेशनको सम्पुर्ण तयारी सकिएको पनि संयोजक खनालले जानकारी दिए । महाधिवेशनले आगामी ३ बर्षे कार्यकालको लागी अध्यक्ष, ३ बरिष्ठ उपाध्यक्ष, ८ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव, ३ सचिव, कोषाध्यक्ष, १ सह कोषध्यक्ष, १० बर्गीय संयोजक र बाँकी सदस्य गरी ८३ जनाको कार्यसमिती चुन्नेछ । १० जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्ने छ । महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेर महाधिवेशन तयारी गरिएको छ । २०७१ सालमा पनि चितवनमा महाधिवेशन भएको थियो,अहिले पुनः चितवनमा हुन लागेको हो । महाधिवेशन आगामी १९ गतेसम्म चल्नेछ ।