‘चौथो चितवन च्याम्पियनसिप कप–२०७४’ मंगलबार देखी सुरु हुने ।

 

 चितवन, माघ १५ ।
भोलि माघ १६ गते चितवन जिल्लास्तरको सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘चौथो चितवन च्याम्पियनसिप कप–२०७४’ सुरु हुने भएको छ । आयोजकले सोमबार यहाँ गरेको पत्रकार सम्मेलन मार्फत मंगलबार भव्य समारोहकाबीच खेलको समुद्घाटन हुने बताइएको छ । दर्शकको चाहना र माग अनुसार उद्घाटन खेलमा प्रवेश निःशुल्क रहेको आयोजकले जानकारी दिएको छ । आयोजक एभरेष्ट क्लव भरतपुरका अध्यक्ष अशोक देवकोटाले
देवकोटाले प्रतियोगिताको चितवन क्षेत्र नं।२ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल समुद्घाटन गर्ने जानकारी दिदै ।
मंगलबार बसन्तपुर माडीका विरुद्ध हर्दी युवा समाज भण्डाराबीच दिउँसोको एक बजे प्रतिस्पर्धा हुने बताए । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा हुने प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने
प्रतियोगितामा विजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।