बसको ठक्करबाट एकको मृत्यु

पुर्वी चितवनको रत्ननगरमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार काठमाडौंबाट पूर्व तर्फ गइरहेको ना ५ ख १५६१ नम्बरको मितेरी बसले रत्ननगर नगरपालिका–१० मा पैदल यात्रीलाई ठक्कर दिएर भएको उक्त दुर्घटनामा नाम, थर खुल्न नसकेको अन्दाजी ३० वर्षका एक पुरुषको
घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।