त्रिशुलीमा स्काभेटरद्वारा अबैध उत्खनन

ईच्छाकामनामा ढुड्डा, गिटी, बालुवा तस्करी बढ्दैं

भण्डाफोरबाट
चितवन÷चितवनको एकमात्र इच्छाकामना गाउँपालिकामा अबैध रुपमा ढुड्डा, गिटी, बालुवाको तस्करी ब्यापक मात्रामा भईरहेको पाईएको छ । गाउँपालिका भएर बग्ने त्रिशुली नदि र त्यसका शाखा नदिबाट स्काभेटर प्रयोग गरी मिलेमतोमा अबैध उत्खनन भईरहेको खुल्नमा आएको छ । गाउँपालिकाले गत पौष १६ गते एक सुचना प्रकाशित गरी केही राजस्व लिई उत्खनन गर्न दिएको भए पनि त्यो विधि प्रक्रिया विपरित रहेको पाइएको छ । गाँउपालिकको बैठक बसी निर्णय गरी ढुड्डा, गिटी, बालुवा उत्खनन् खुलाईएको भनिए पनि गाउँपालिका अध्यक्ष गीता गुरुड्ड र उपाध्यक्ष कृतीकुमार श्रेष्ठलाई चुनावमा सघाउने समुहहरुलाई खुसी पार्ने गरी मनलाग्दी उत्खनन भईरहेको कुरिनटारकै एक स्थानियले बताए । उनले भने मनलाग्दी र लापरवाही पूर्ण तरिकाले उत्खनन् भईरहेको छ । यसमा गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुकै संलग्नता देखिन्छ । आफ्नाभाई भारदार र चुनावमा सघाउने ब्यक्तिहरुलाई फाइदा पु¥याउने गरी प्राकृतिक स्रोतको दोहनभयो । यसको विरुद्ध आवाज उठाउनु पर्दछ । गाउँपालिका अन्र्तगत फिस्लीड्ड, कुरिनटार,बारवाड्ड खोला, रिग्दीखोलार ७नंं वडामा रहेको अर्को एक खोलाबाट समेत अबैध रुपमा मनलाग्दी तरिकाले ढुड्डा, गिटी, बालुवा उत्खनन एवं तस्करी भईरहेको उनले बताए । वातावरणीय प्रतिवेदन नै नगरी त्रिशुलीमा अबैध रुपमा स्काभेटर प्रयोग गरिएको पार्ईएको छ । भण्डाफोर कर्मीको स्थलगत अध्ययनको क्रममा समेत त्रिशुलीमा लापारवाही र मनलाग्दी उत्खनन् गरिएको देखिएको छ ।
यसरी विधि, प्रक्रिया नपु¥याई खोलाहरु वातावरणीय प्रतिवेदन तयार नै नगरी उत्खनन गरिएको भेटिएपछि हामीले गाउँपालिकाका अध्यक्ष गीता गुरुड्डलाई सम्पर्क गरेका थियौ । अबैध उत्खनन् बारे उनले भनिन् पहिलैबाट आफुखुसी खोलाबाट ढुड्डा, गिटी, बालुवाको तस्करी भईरहेको थियो । कहिले दिनमा त कहिले रातमा तस्करी रोक्नै सकिएन । गाउँपालिकामा स्रोतको पनि अभाव थियो । त्यसैले निश्चित राजस्व लिई उत्खनन गर्न दिएको हो । उनले थपिन् अनि वातावरणीय प्रतिवेदनविना नै खोलामा स्काभेटर लगाउने त भन्ने हाम्रो प्रश्नमा उनले सिंहदरबारको अधिकार गाउँमा आईसकेकोले हाम्रो गाउँपालिकामा उत्खनन् गरी यही क्षेत्रको लागि प्रयोग गर्न किन नपाइने भन्दै उल्टै प्रश्न गरिन् । हामीले जिल्ला समन्वय समितिबाट अनुमति लिएर यो कार्य गरेका हौ उनले भनिन् । घुमाउरो भाषामा अध्यक्ष गुरुड्डले ढुड्डा, गिटी, बालुवाको अबैध उत्खनन् र तस्करी स्विकार गरिन ।

भण्डाफोरबाट