जिल्ला बसोबास व्यवस्थापन समितिको अध्यक्षमा चौधरी


चितवन –
जिल्ला बसोबास व्यवस्थापन समितिको चितवनको अध्यक्षमा जोखा प्रसाद चौधरी नियुक्त हुनुभएको छ । भुमी सुधार तथा व्यवस्था मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले चौधरी अध्यक्षमा नियुक्त हुनुभएको हो । व्यवस्थित बसोबास आयोग अन्तरगतको यस समितिले जिल्लाका सुकुम्बासीहरुलाई लालपुर्जा वितरणको काम गर्नेछ । यसअघि यस समिति जिल्ला सुकुम्बासी आयोगको रुपमा रहेको थियो ।

भुमी सुधार तथा व्यवस्था मन्त्रालय गोपाल दहितको माघ ८ गते सोमबारको निर्णयले चौधरीलाई अध्यक्षमा नियुक्त गरिएको हो । सो निर्णय हिजो देखि नै लागु गरिएको छ । चौधरीले भने आज मात्रै अध्यक्षमा नियुक्त गरिएको पत्र प्राप्त गर्नुभएको छ । अध्यक्षमा नियुक्त भएपछि टेलिफोन मार्फत छोटो प्रतिक्रिया दिँदै चौधरीलाई चितवनमा व्यवस्थित बसोबासका लागि आफूले पहलकदमी लिने बताउनुभएको छ । जिल्लामा रहेका सुकुम्बासीहरुलाई लालपुर्जा वितरणका लागि आफूले निश्पक्ष भएर भुमिका खेल्ने बताउनुभयो ।