जुम्लाका जनप्रतिनिधिहरुले गरे भरतपुर महानगरको अवलोकन

भरतपुर । जुम्ला जिल्ला गोठी चौर गाउपालिकाका जनप्रतिनिधिहरु ले संघिय अवलोकन भ्रमण अन्तरगत भरतपुर महानगुरपालिकाको अवलोकन भ्रमण गरेका छन् । उनीहरु अवलोकनकै क्रममा पश्चिमको सुर्खेत ,बर्दिया ,रुपन्देही हुदै चितवनको भरतपुर महानगरपालिका आईपुगेका हुन् ।
देश संघितामा प्रवेश गरे सगै स्थानिय सरकारले नै आम्दानीको स्रोत जुटाउनु पर्ने भएकाले परार्मश गर्न महानगरपालिका तथा नगरपालिकासगँ परामर्श गर्न टोली निस्कीएको गाउँपालिका प्रमुख हरि बहादुर भण्डारीले जानकारी दिए । ३३ जना सम्मिलित टोलीमा सरकारी कार्यलयका पदाधिकारीको पनि सहभागिता रहेको थियो । भरतपुर महानगरपालिकाले एक कार्यक्रमका बिच जुम्लेली टोलीलाई आफ्नो विकासको चरण तथा योजना कार्यन्वनको पक्षको बारेमा सहजीकरण गरेको छ ।
अवलोकन टोलीलाई भरतपुर महानगरपालिका काम कारबाही , फोहरमैलाको व्यवस्थापन , दिर्घकालिन योजना ,आन्तरिक कर व्यवस्थापन लगाएतको बिषयमा जानकारी गराईएको थियो । भरतपुर महानगरपालिका का प्रमुख रनु दाहाल प्रमुख अतिथि रहेकी सो कार्यक्रममा ,उपप्रमुख पार्वती शाहले स्वागत मन्तव्य राखेकी थिईन् ।