निर्माण व्यबसायी महासंघका अध्यक्ष गौचनको हत्या गर्ने मुख्य सुटर पक्राउ

चितवन,९ माघ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर चितवनबाट पक्राउ परेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको सँयुक्त टोलीले मुख्य सुटर श्याम लामा गुम्बेलाई आज(मंगलबार) बिहान चितवनबाट पक्राउ गरेको हो ।
गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमागौचनलाई गोली हानी हत्या भएको थियो ।
घटनाका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतसहित यसअघि प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ ।
हत्याका मुख्य योजनाकार बस्नेतले लिखित बयानमा गौचनले आफूलाई साढे २ करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको बताएका थिए ।