खोक्दा खोक्दै करङ नै बाहिर निस्कियो

रुघाखोकी लागेको बेला खोक्दा खोक्दा छाति नै दुखेको अनुभव त धेरैले गरेकै छौँ होला । तर एकजना महिलालाई यति खतरनाक खोकी लागेको छ की त्यो सुन्दैमा डर लाग्छ ।
६६ वर्षकी ती महिलाले खोक्दा खोक्दै जोडले उनको करङको हड्डी नै भाँचिएको छ ।
अमेरिकाको म्यासाच्यूसेट्स राज्यमा बस्ने ती महिलालाई कडा खोकी लागेको थियो र खोक्दाखोक्दै छातिको दायाँ भागमा दुख्न थालेपछि जँचाउनका लागि डाक्टरकोमा गईन् ।
उनलाई फ्लू भएको भन्दै डाक्टरले औषधि दिएर पठाए । तर औषधिले उनलाई निको भएन र पुनः डाक्टरकोमा गईन् । जब डाक्टरले उनको छातिको जाँच गर्नका लागि हेरे तब दायाँतर्फ हड्डी नै टुटेको जस्तो देखियो । ती महिलाले पनि निकै दुखाई महसूस गरिरहेकी थिइन् ।
सिटी स्क्यान गर्दा उनको नबौँ करङ भाँचिएर बाहिर आएको देखियो ।
ती महिला लहरे खोकीबाट संक्रमित भएको चेकजाँचले देखायो । उनको लहरेखोकीको एन्टीबायोटिकबाट उपचार भैरहेको छ र भाँचिएको करङ जोड्नका लागि शल्यक्रिया नै गर्नुपर्नेछ ।
एजेन्सी