होटल डिस्कभरीमा तोडफोड गर्ने १० जनामाथी मुद्धा दायर

२१ पौंष । चितवन । नारायणगढको पुलचोकमा रहेको होटल डिस्कभरीमा हिजो मध्यरातमा तोडफोड भएको छ । होटलको रेष्टुरेण्टमा मदिरापान गरिरहेका ति युवाहरुको समूहले रातको करिब १ बजेतिर होटलमा तोडफोड गरेका हुन् । रेष्टुरेण्टमा मदिरापान गरिरहेका उनीहरुलाई अब रेष्टुरेण्ट बन्द हुन्छ तपाईहरु उठनुपर्छ भन्दा मदिराले मातिएका उनीहरुले होटलका कर्मचारीलाई अस्लिल गाली गर्दै रेष्टुरेण्ट तोडफोड गर्न शुरु गरेका हुन् । तोडफोडबाट रेष्टुरेण्टमा रहेका सिसाबार, टेबल, कुचि,झ्यालका सिसा लगाएतका सामाग्री नोक्शान भएको छ । उक्त होटल तोडफोडमा सम्लग्न रहेको भन्दै प्रहरीले पर्बत जिल्ला कुस्मा १स्थायी ठेगाना भएका बर्ष २९का रमेश परियार, सोही ठाँउका बर्ष ३३का कृष्ण परियार,सोही ठाँउका बर्ष ३९का डिल ब.परियार, भरतपुर ४का बर्ष ३१का मुक्ति पौडेल, भरतपुर २ का बर्ष २० का दिपेश खड्की, सोही ठाँउका बर्ष २८का सुनिल श्रेष्ठ, भरतपुर ११ का बर्ष ३० का नविन गुरुङ्ग, भरतपुर १० का बर्ष ३० का अभिषेक शाक्य, भरतपुर १२ का बिरेन्द्र अधिकारी र मोरङ्ग जिल्ला कटारी ४ का बर्ष ३० का रुपक राजबंशी रहेका छन् । पक्राउ परेकाहरुलाई हिजो बिहिबार नै केही सार्बजनिक अपराध एन अन्र्तगत मुध्दा दर्ता गराईएको चितवनका प्रहरी प्रवक्ता डि.एस.पि शिव आचार्यले जानकारी दिए ।