भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुँदैं

अध्यक्षमा भानु खरेलको उम्मेद्वारी


चितवन, पुस २१
भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएसँगैं अध्यक्षको लागी उमेदवारी घोषणमा व्यवसायीहरु लागेका छन् ।भोली भरतुुरमा हुने छैठौं साधरणसभा तथा चौथौं अधिवेशनमा ईक्यान चितवनमा अध्यक्षमा भानु खरेलको उम्मेद्वारी
परेको छ । खरेलले हिजो अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । खरेल हाल इक्यान चितवनको उपाध्यक्ष हुन् ।  रोलक्रम अनुसार नै अहिले खरेल अध्यक्षको उम्मेद्वार हुन् । शिक्षा क्षेत्रकै संवेदनशिल क्षेत्रको रुपमा लिईएको शैक्षिक परामर्शमा खरेल विगत लामो आवद्ध रहेका छन् । शैक्षिक परामर्श संघमा खरेल एक सिर्जनशील, असल,सरल, शालिन र कर्मठ युवा व्यवसायीको रुपमा परिचित छन् ।
अध्यक्षका उम्मेद्वार खरेल शैक्षिक पृष्ठभुमीमा पनि अब्बल मानिन्छन । उनले एमविएस, सोसोलोजीमा मास्टर डिग्री, एलएलबी गरेका छन् । यस्तै अध्यक्षका उम्मेद्वार खरेललाई विभिन्न संघसंस्थाको नेतृत्व गरेको अनुभव समेत रहेको छ ।
अध्यक्षका उम्मेद्वार खरेल इनोभेटिभ एशोसियट्सको प्रवन्ध निर्देशक रहेका छन् ।