महानगरको शैलीः फुटपाथेलाई शास्ती पैसावाललाई मस्ती

चितवन÷गत हप्तादेखि फुटपाथ व्यवसायीलाई सडकपेटीमा व्यवसाय गर्न रोक लगाएको भरतपुर महानगरपालिकाले भरतपुरको वीरेन्द्र क्याम्पस चोक देखि लायन्सचोक सम्मको सडकको दुवै किनारामा मोटरसाईकिल र गाडी तेसाई सडक कब्जा गर्ने रिकन्डिसन हाउस हरुलाई भने केही गर्न सकेको छैन । गत सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवन र महानगरपालिकाले बजारको अनुगमनपछि सडकलाई व्यवस्थित बनाउनका लागि भन्दै सडक छेउमा गरिने व्यवसायमा रोक लगाएको हो ।
सडक छेउमा व्यवसाय गर्दा सडक अव्यवस्थित भएको र फुटपाथमा यात्रा गर्ने सर्वसाधारणलाई असहज भएकोले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न रोक लगाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले माईकिङ् गर्दै सबैलाई जानकारी गराएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए । सडक छेउमा व्यवसाय गर्दा दुर्घटना हुने र बजारको सुन्दरता हराउने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले फुटपाथ व्यबसायीलार्य सजिलै हटाएपनि भरतपुरको वीरेन्द्र क्याम्पस चोक देखि लायन्सचोक सम्मको सडकको दुवै किनारा रिकन्डिसन हाउसले कब्जा गरेका छन् । पुराना मोटरसाईकल खरिद बिक्री तथा मर्मत गर्ने दुई दर्जन बढि ओर्कसप त्यहि सडक छेउमा छन् । तर उनीहरु निर्वादरुपमा चलेपनि महानगर मुकर्दशक बस्नुले नियम कानुन सबैको लागी बराबर भन्ने कुराको नै खिल्ली उडाईएको आम विश्लेषण गर्न थालिएको छ ।
भरतपुर महानगरले लायन्सचोक देखी पुलचोक सम्मको सडकको दुबै किनाराको सडक पेटिमा ब्यापार गरेको भन्दै फुट्पाथे व्यापारीको सामान जफत गरि भागाभाग बनाए बनाउने तर आफनै मुल गेट अगाढी लामो समयदेखि सडकको झण्डै कालोपत्रे सम्म सवारी साधन राखेर पुरै सडक किनारा कब्जा गर्ने व्यवसायीलाई कारबार्ही गर्ने कुनै आट नर्गनुले गम्भिर आशांका उब्जिएको हो ।यसैविच यो बिषयमा बुझदा भरतपुर महानगरका प्रमुख रेणु दाहाले सडक कब्जा गरि बस्ने जो कसैलाई नछाड्ने बताईन् । कर्मचारीलाई निर्देशन दिई तत्काल सडक खाली गराईने पनि उनले जानकारी दिईन् । भण्डाफोर अभियानसँग कुरा गर्दै मेयर दाहालले सडकको क्षेत्रफल भित्र कहि कसैले कुनै पनि सामाग्री प्रर्दशन गरेर व्यापार गर्न नपाउने र त्यस्ता सामान तथा साम्रागी जफत गरि कारबार्ही हुने जानकारी दिईन् ।