Breaking News

उद्योग वाणिज्य सँघ चितवनमा आधिकारीक उम्मेद्वार विवाद बढयो ।


चितवन, अधिवेशनको मिती नजिकिदै गर्दा उद्योग वाणिज्य संघ चितवनमा सँस्थागत रुपमा कस्लाई आधिकारीक उम्मेद्वार बनाउने भन्ने विषयमा बिवाद चुलिएको छ । सँघका अध्यक्ष राजन गौतम लगाएतले राजु श्रेष्ठलाई सँघले आधिकारिक उम्मेदवार बनाएको बताएपछि विवाद चुलिदै गएको हो ।

उद्योग वाणिज्य संघ चितवनका दुई उपाध्यक्षले आज (वुधवार) विज्ञप्ती जारी गर्दै सँस्थाले कसैलाई पनि आधिकारिक उम्मेद्वार नवनाएको उल्लेख गरेका छन् । प्रथम उपाध्यक्ष चुननारायण श्रेष्ठ र दित्तिय उपाध्यक्ष सुमन श्रेष्ठले सँयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा सँघको इतिहाँसमा माइन्यूट गरेर अहिलेसम्म कसैलाई पनि उम्मेद्वार सिफारिस नगरिएको भन्दै नाम नतोकी सँँस्थाका नाममा अध्यक्ष राजन गौतम लगाएतले भ्रमको खेती गरेकोमा रोष व्यक्त गरेका छन् । उनीहरुले विज्ञप्ती मार्फत व्यवसायीलाई सचेत गराएका छन् । सँँस्थाका नाममा भएको भ्रमको खेतीको पछि नलाग्न पनि उनीहरुल  व्यवसायीलाई विज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।

आसन्न उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि सहनलाल प्रधान र राजु श्रेष्ठको नाम चर्चामा छ । दुवैले फेसवुक मार्फत आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

sahid diwas