‘बालगृहमाथि मानव बेचबिखन आरोप,

सञ्चालक पक्राउ

 

रुपन्देही ।  बुटवल प्रहरीले बुटवल नगरपालिका वडा नम्बर १३ मा सञ्चालित साहाराको घरका सञ्चालकसहित ३ जनालाइ पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीको देबदह–६, का ३५ वर्षीय शंकर प्यासी, भारतको मुम्वइ घर भएकी ३६ वर्षीय बन्दना प्यासी र मुगको खत्याड गाउँपालिका–१, बस्ने २४ वर्षीया गीता बुढालाई पक्राउ गरिएको हो । उनीहरुले विभिन्न प्रलोभन देखाएर मुगुबाट बालबालिका ल्याएर साहारा घरमा राखेर शोषण गरेको प्रहरीले बताएको छ । साहाराको घरमा पाँचजना बालक बस्दै आएका थिए । उनीहरुलाई सञ्चालकहरुले कुटपिट गरी शोषण गर्ने गरेको भन्दै आश्रयमा बस्दै आएका बालकहरु रातीको समयमा भागेर बाहिर आएपछि घटना सार्बजनिक भएको हो ।

पक्राउ परेका तीनजनालाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका ती बालकलाई नेपाल अभिनास आश्रम कोटिहवाको जिम्मा लगाइएको छ ।