देशैभर बाम गठबन्धनका अधिकांश उमेदवार विजयी

प्रत्यक्ष तर्फ दुई तिहाइ


चितवन÷देशैभर बामगठबन्धनका अधिकांस उमेदवारहरु विजयी भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले ऐतिहासिक सफलता हात पारेसँगैं वाम गठबन्धनले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ दुईतिहाई स्थानमा जित हासिल गरेको छ । जारी मतगणनाको १६२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाईमा पुगेको छ ।
१६५ निर्वाचन क्षेत्रमध्ये स्याङ्जाको मतगणना गएराति बाट सुरु भएको छ । सम्भवतः आज साँझसम्म प्रत्यक्षको सवै नतिजा सार्वजनिक भइसक्नेछ ।
१६० स्थानको गणना भएका स्थानहरुमध्ये एमाले ७७, माओवादी केन्द्र ३६, कांग्रेस २१, राजपा ११, संघीय समाजवादी फोरम नेपाल १० र अन्य चार प्रतिनिधि सभामा विजयी भइसकेका छन् । गणना हुन बाँकी स्थानहरुमा समेत बाम गठबन्धन नै अगाडि रहेकोले बाम गठबन्धनलाई दुई तिहाई मत परिणाम प्राप्त भएको हो ।
यसरी बामगठबन्धनको प्रत्यक्षतर्फ दुई तिहाई आएसँगै अब मुलुकमा स्थिर सरकार र समृध्दि आउनेमा मतदाताहरु आशाबादी देखिन्छन । बामगठबन्धनका विजयी उमेदवारहरु यसप्रकार रहेका छन् ।(भण्डाफोर अभियान साप्ताहिकबाट)