चितवन जिल्ला अब लालकिल्ला


चितवन÷प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुले ऐतिहासिक सफलता पाएसगैं  चितवन जिल्ला अब लालकिल्लामा परिणत भएको छ ।  प्रतिनिधीसभाको तीन निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको चितवनको सबै क्षेत्रमा वामगठबन्धनले जित हासील गरेको छ ।
चितवन निर्वाचन क्षेत्र नं. १ बाट वाम गठबनधनका उमेद्वार,  एमालेका स्थायी कमिटी सदस्य एवम पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे विजयी भएका छन् । पाण्डेले नेपाली काँग्रेशका राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतको फराकिलो मताअन्तरले पराजित गरे । पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए ।
चितवन निर्वाचन क्षेत्र नं. २ बाट वाम गठबनधनका उमेद्ववार,  एमालेका कृष्णभक्त पोखरेल विजयी भए । शिक्षा राज्यमन्त्रीसमेत रहेका कांग्रेसका नेता शेषनाथ अधिकारीलाई पोखरेलले १७ हजार ३ सय ५६ मतको फराकिलो अन्तरले हराए । पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरे ।
यता चितवन क्षेत्र नः ३ मा वाम गठबनधनका उमेद्वार तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  जित हात पारेका छन । उनले लोकतान्त्रिक गठबन्धनका उमेद्वार तथा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई फराकिलो मतान्तरले हराएका हुन । उनले प्रतिस्पर्धी उमेदवार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गरे । प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धन नेतृत्वकर्ता कांग्रेसको सर्मथनमा उठेका पाण्डेले ३८ हजार ९३५ मत मात्र प्राप्त गरे । पाण्डे बहालवाला वन तथा भूसंरक्षण मन्त्रीसमेत हुन् ।
त्यस्तै, क्षेत्र नं. १ को प्रदेश क्षेत्र (क) बाट एमाले प्रदेश नः ३ का सदस्य रहेका दावा दोर्जे लामा अत्याधिक मतका साथ विजयी भए । लामाले २३ हजार २३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका धनवहादुर गुरुङले १५ हजार ९ सय १४ मत प्राप्त ल्याए । उनी ७ हजार १ सय ९ मतको अन्तरले विजयी भएका हुन ।
क्षेत्र नं. १ को प्रदेश क्षेत्र (ख) मा एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका कृष्ण खनाल विजयी भए । उनी ८ हजार ७ सय २१ मतको अन्तरले विजयी भएका हुन् ।
खनालले २७ हजार २ सय ३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उत्तम आचार्यले १८ हजार ५ सय ११ मत प्राप्त गरे ।
क्षेत्र नं. २ को प्रदेश क्षेत्र (क) मा वामगठवन्धनका उम्मेदवार एवं माओवादी नेता घनश्याम दाहाल विजयी भए ।
माओवादी चितवनका जिल्ला सह इन्र्चाज समेत रहेका दाहालले कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलाई ४ हजार ७ सय १८ मतले पराजित गरे । दाहालले २० हजार ८ सय ३१ मत ल्याई जीत हात पार्दा पराजित उमेदवार कांग्रेस का जीतनारायणले १५ हजार ६ सय ६३ मत ल्याए ।
चितवन क्षेत्र नं. २ (ख) मा बाम गठबन्धनका तर्फवाट उम्मेदवार बनेका एमाले नेता विजय सुवेदी अत्याधिक मतका साथ विजयी भए । उनी ८ हजार ९ सय २ मतको अन्तरले विजयी हुन सफल भए । सुवेदीले २१ हजार ५ सय ७२ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरे । सुवेदी एमाले प्रदेश न. ३ का सदस्य हुन ।
चितवन क्षेत्र नं. ३ (क) मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका कृष्ण भुर्तेल विजयी भएका छन । भुर्तेल १७ सय ४० मतको अन्तरले विजयी भएका हुन ।
उनले २४ हजार ७ सय ८५ मत प्राप्त गरे भने नेपाली कांग्रेसका दिनेश कोइरालाले २३ हजार ४५ मत ल्याए ।
क्षेत्र नं. ३ (ख) मा वाम गठबन्धनका तर्फवाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता रामलाल महतो विजयी भए । उनी ९ हजार १ सय ६१ मतको फराकिलो अन्तरले विजयी भएका हुन ।
रामलाल महतोले २५ हजार ६१ मत प्राप्त गर्दा पराजित उमेदवार नेपाली काँग्रेसका साजन महतोले १५ हजार ९ सय ४५ मत प्राप्त गरे । नाताले विजयी रामलाल मामा हुन भने पराजित साजन भाञ्जा हुन् ।( भण्डाफोर अभियान साप्ताहिकबाट