प्रहरी ले नै चलाउँछन नक्कली नम्बर प्लेट राखी सवारी

चितवनका तत्कालीन सई बैद्यनाथ दासले चढने गरेको चोरीको मोटरसाईकलको तस्बीर

भण्डाफोर अभियान साप्ताहिकबाट चितवन । प्रहरी ! सत्यम सेवा संरक्षणम् । मुस्कान सहितको प्रहरी वा प्रहरी नै मेरो साथी हो यो नाराले समग्र संगठनको मानमर्दन माथि हस्तक्षेप भईरहेको छ । प्रहरीको यो भनाईलाई उद्द्र्त गर्ने हो भने, प्रहरी अधिकारीहरु कसैले पनि यस्को पालना गरेको पाइदैन । उच्च प्रहरी अधिकारीहरु कहिले घुस काण्डमा मुछिन्छन् त, कहिले चोरेर मोटरसाइकल चढेको काण्डमा नै मुछिन्छन् । घट्न्ना चितवनको हो । मिति २०७४ असोज ५ गते काठमाडौंको राष्ट्रिय बाणिज्य बैंकमा काम गर्ने मुकेश खड्काको ब्लु कलरको बा. ७३ . प . ८३९४ नम्बरको रोयल इन्फ्लाईड कम्पनीको बुलेट मोटरसाइकल अज्ञात समूहले सोही ठाउँबाटै चोरी र्गयो । यु ३ एस ५ सि ० जि बि ( ०१५५६० नम्बरको इन्जिन नम्बर र एम ई ३ यु ३ एस ५ सि वान जि बि ३९५८४६  च्यासिस नम्बर रहेको उक्त मोटरसाइकल चोरी भएपछि उनी हनुमानढोकामा पुगे र उजुरी दर्ता गराए । त्यसलगत्तै , प्रहरीले सबै ठाउँमा पत्राचार पनि र्गयो । त्यसपछि चितवन प्रहरीको बिशेष टोलीले एक महिनापछि सफलता हात र्पायो ।

मोटरसाइकल सहित ब्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाही पनि भयो । यति भईसक्दा सम्म प्रहरीले आवश्यक तयारी पूरा गरेर नैतिकताको आधारमा भए पनि फेला परेको मोटरसाइकल सवारी धनीलाई बुझाउनुपर्ने हो तर, यहाँ त्यसो भएनन् । बरु, उल्टै त्यो मोटरसाइकलको नम्बर प्लेट नै परिवर्तन गरेर प्रहरी आफैंले निर्वाध रूपमा सञ्चालन ल्याएको पाइयो । विशेष सूचनाको आधारमा भण्डाफोर साप्ताहिकको प्रतिनिधि सोमबार बिहान तीन नम्बर प्रदेश कार्यालय हेटौंडा पुगेपछि उक्त घट्ना बाहिरिएको हो । यसरी मोटरसाइकल सम्बन्धि ब्यक्तिलाई हस्तान्तरण नै नगरी आफैं पच्च पार्ने प्रहरी हुन् नायब निरीक्षक बैद्यनाथ दास । मोटरसाइकल बरामद गरेको समयमा दासले तत्कालीन समयमा चितवनको घुमुवाको कमान्डर बनेका थिए । घुमुवा हुँदा अत्याधिक बदनाम कमाएको सम्बन्धमा उनी विरुद्धमा प्रहरीको मुख्यालय हुँदै गृह मन्त्रालयसम्म धेरैले उजुरी गरेपछि गत, कार्तिक ५ गते उनलाई बिभागीय कार्वाही स्वरुप तीन नम्बर प्रदेशको दंगा गणमा तानिएको बताए ।

तीन नम्बर प्रहरी स्रोतका अनुसार सई दासले पैसा मागेर हैरानी भएका एक पीडितले कार्यालयमै आएर प्रतिबेदन दिएपछि उनलाई कार्वाही गरेको स्रोतको भनाई छ । स्रोतका अनुसार दासले चितवनका जग्गा ब्यापारी देखी लिएर तीन नम्बर प्रहरी कार्यालयकै एक प्रहरी निरीक्षक मार्फत समेत चितवन पठाउन धेरै प्रयास गरेको र जवाफमा दासलाई कुनै हालतमा पनि चितवन पठाउन नसकिने बताएपछि उनले एआइजी घिमिरे कै कुरा काट्न समेत पछि परेका छैनन् । चितवन पठाउने सिफारिस गर्ने सबैलाई एआइजी घिमिरेले प्रमाण भएकै कारण नपठाएको र पठाउन नमानिएको स्रोत बताउँछ । स्रोतका अनुसार दासलाई स्पष्टीकरण सोधिएको र त्यसमा चित्तबुझ्दो जवाफ उनले दिन नसकिए पछि एआइजी साब उनलाई चितवन नपठाउने पक्षमा रहेको बताएका हुन् । गणमा तानिएपछी उनले पीडित खड्काको बा .७३ . प ८३९४ नम्बर प्लेटको मोटरसाइकल परिवर्तन गरेर कम्पाउन्ड भित्र ना ४२ प ३९४९ नम्बरको नक्कली नम्बर प्लेट राखेर खुलेआम प्रयोगमा ल्याउदा समेत तीन नम्बर प्रदेश प्रहरीले किन भेउ पाएनन् त्यो रहस्यमय बिषय बन्न पुगेको छ ।

उसो त, चितवन प्रहरीले पटकपटक सम्बन्धि ब्यक्ति मोटरसाइकल बुझ्न आएकोले फिर्ता गरिदिनु भनी पटकपटक अनुरोध गरे पनि एक दुई दिन भित्र ल्याउन्छु भनी झुलाउने गरेको तर, नल्याएको जिल्लाका प्रहरी अधिकारी बताउँछ । यतिसम्म कि पीडितलाई मोटरसाइकल खोजतलास जारी नै रहेको भनी झुल्यान आफ्ना माततहका प्रहरीलाई निर्देशन समेत दिएको आर्थिक दैनिकले सप्रमाण फेला पारेको छ । ईलाका प्रहरी कार्यालय चनौलीमा हुँदा उजुरी जाहेरी नगरिदिने सर्तमा बिवादमा तानिएपछी जिल्लामा पुगेका सई बैद्यनाथ दासले त्यहाँ पनि अनैतिक क्रियाक्रलाप गर्ने गरेको भन्ने व्यापक गुनासो एआइजी घिमिरेकहाँ पुगेपछि घिमिरेले उनलाई तीन नम्बर प्रदेशले फिर्ता बोलाएपछि आफ्ना कर्तुत लुकाउने उद्देश्यले सई दासले कार्यालयको मोबाईल र सिम समेत गायब पारेको एक श्रेष्ठ थरका प्रहरी बताउँछ । ती प्रहरीले सम्झिदै भन्छन् स् सई दासले मोबाईल हराएको भनी हल्ला खल्ला मच्चाए । पछि हाम्रो टोली खोज्न दौडिए पनि फेला पार्न सकेनन् । पछि हामीले सिम त निकाल्न सफल भयौं । र, मोबाईल फोन भने भेटाउन सकेनौं । भण्डाफोर अभियान साप्ताहिकबाट