लागू औषध सहित नवलपरासीका युवा चितवनमा पक्राउ ।


चितवन , कार्तिक ३०  । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिवन्धित १ सय ५५ थान एम्पुल लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको गैंडाकोट नगरपालिका वर्डा नम्बर ६ बस्ने बर्ष २० को सागर रेग्मी रहेको प्रहरीले जनाएको छ । कार्यालयबाट गस्तीमा खटिएको प्रहरी टोलीले भरतपुर–१ नारायणी नदीको पुलमा सागर रेग्मीलाई संकित अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार रेगमीको शरीर तलासी लिँदा निजले हातमा बोकेको फेन्सी झोलामा लुकाई बोकेको अवस्थामा प्रतिवन्धित लागु औषध फेला परेको थियो । उनको साथ बाट प्रहरीले लागु औषध डाईजेपाम ५४ थान एम्पुल, ब्रुफिनर्फिन ४९ थान एम्पुल र फेनारगन ५२ थान एम्पुल बरामद भएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी लिए । आगामी मंसीर १० र २१ गते हुन गई रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सुरक्षित र भय रहित रुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्वन गरेका रणनीतिक  योजना अनुसार लागु औषध ओसारपसार नियन्त्रण भएको एसपी थापाले बताए ।