दलहरु हिलो छ्यापछया्प गर्दै

चितवनमा एक हप्तामा कस–कस्ले के भने ?

चितवन÷चितवनमा चुनावी माहोल बढेसँगै राजनितिक दलहरुले आपसमा हिलो छ्यापछ्यापलाई समेत बढाएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि चुनाव प्रचार–प्रसारका क्रममा रहेका दलका नेताहरुले आफ्ना चुनावी सभामा अर्को पाटीका नेताहरुको उछितो काट्दै हिड्न थालेका हुन् ।  यसरी एक नेता ले अर्को नेताको खोईरो खन्दै आफ्ना चुनावी सभाहरु सम्पन्न गर्न थालेसँगै एकातिर   उनीहरुको असलियत जनता सामु उजगार हँुदै गएको छ भने अर्कोतिर मतदाताहरु समेत नेताहरुको  प्रवृती र हर्कत देखि वाक्क–दिक्क भएका छन् । मतदाताहरुको सामु आफनो निती, योजना र कार्यक्रमहरु पस्कने भन्दापनि दलका नेता तथा उमेदवारहरु आफुसँग प्रतिस्प्रधामा रहेका विपक्षी दल तथा गठबन्धनका आफ्ना प्रतिस्पधिहरुको आलाचना मै चुनावी सभाको अधकांस समय खर्चिने गरेका छन् । गत् २१ गते देखि २८ गतेसम्मको एक हप्ताको अवधिमा कुन–कुन नेताले के–के बोले त्यसलाई सरसरती हेरौं त् यहाँ ।
राप्रपा (प्रजातान्त्रिक) का चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले गत् २१ गते भरतपुर–१५ मा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उदघाटनको क्रममा बोल्दै प्रचण्डलाई टुरिष्ट उमेदवार को सँज्ञा दिए । वन तथा भू–संरक्षण मन्त्री समेत रहेका पाण्डेले प्रचण्डले यसअघि रोल्पा र सिराहामा जितेर के गरे एउटा काम मलाई देखाउन् भन्दै प्रचण्डलाई चुनौती समेत दिएका थिए ।
त्यस्तै नेपाली काँग्रेसका तर्फबाट प्रदेश तर्फका चितवन क्षेत्र नम्बर दुई (क) का उम्मेदवार जितनारायण श्रेष्ठ ले शक्तिखोरको वडा नम्बर ९ मा २२ गते  भएको वडा भेलामा सम्बोधन गर्दै वामगठवन्धन मतदाता झुक्काउने प्रपन्च मात्रै भएको बताउँदै बिकास र सम्बृद्धिका लागि काँग्रेस नै चाहिने ईतिहासले प्रमाणित गरिसकेको भन्न भ्याए । काँग्रेस जिल्ला सभापति समेत रहेका श्रेष्ठले वामगठबन्धनले देशको निकास दिन नसक्ने बताउदै संबिधान जारी गर्ने महत्वपूर्ण जिम्मेवारी काँग्रेसले निर्वाह गरेको हुनाले अब कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसले नै पूरा गर्ने जिकिर गरेका थिए ।
त्यस्तै २२ गते नै लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि चितवन २ (ख) मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका उम्मेदवार प्रकाश अधिकारीले वामगठबन्धन का कारण लोकतन्त्र संकटमा पर्न लागेका भन्दै जनताले बेलैमा सचेत बन्नुपर्ने बताएका छन् । चुनावी अभियान रणनीति तयार गर्न भरतपुर–२ र ११ वडा भित्रका कार्यकर्ता भेटघाटमा उनले यस्तो बताएका हुन् । त्यस्तै २३ गते प्रदेश सभा सदस्य चितवन क्षेत्र नम्बर २ (क) का उम्मेद्वार जीतनारायण श्रेष्ठले कम्युनिष्टमा ईमान्दारिता नहुने बताएका थिए । कालिका नगरपालिका वडा नम्बर–८ मा आयोजित वडा भेलामा सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । सत्ता मोहका कारण कम्युनिष्ट पार्टीहरु बिग्रिएको बताउँदै उनले बामपन्थि शक्ति एक हुनुमा सत्ता मोह नै मुख्य कारण रहेको समेत दावी गरे ।
यता, प्रदेश सभा तर्फको चितवन क्षेत्र नं.३ (ख)का लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार साजन कुमार महतोले विभिन्न कालखण्डमा वामगठबन्धनमा आवद्ध दलहरुले नै देशलाई विनाश तर्फ लगेको आरोप लगाएका छन् । उम्मेद्वार महताले गत् २३ गते  निर्वाचन लक्षित जगतपुर बजारमा आयोजित संयुक्त क्षेत्रीय कार्यालय उद्घाटन, कार्यक्रममा यस्तो बताएका हुन् ।
यस्तै,नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचन पछि नेपाली कांग्रेस खोज्न डडेल्धुरा जानुपर्ने वताएका छन् । २३ गते बिहिबार भरतपुरमा आयोजित बामपन्थी गठबन्धनका अगुवा महिलाहरुको भेलालाई सम्वोधन गर्दै पाण्डेले प्रचण्डको उम्मेद्वारी पछि चितवन ३ मा कांग्रेस खोजेर नपाइने वताएका हुन् । उनले मंसिरमा दुई तिहाई सहितको बामपन्थी सरकार बन्ने दावी गरेका छन् । बाम गठबन्धनले विपक्षीहरुको होस गुमिसकेको भन्दै पाण्डेले कम्युनिष्ट विरुद्ध विभिन्न अफवाह फैलाउने काम भैरहेकोले अफवाह र भ्रमको पछि नलाग्न मतदाताहरु सँग आग्रह गरे । उनले नेपाली कांग्रेस भन्दा वढी लोकतान्त्रिक कम्युनिष्टहरु नै रहेको दावी समेत गरे । कम्युनिष्टहरु सत्ता छाड्दैनन् भन्ने उदाहरण मनमोहन, केपी र प्रचण्ड सरकारले दिएको भन्दैं पाण्डेले जनताका सेवाका लागी मात्रै कम्युनिष्टहरु सत्तामा जाने जिकिर गरेका थिए ।
यस्तै,चितवन क्षेत्र नं.३ (ख)का उम्मेद्वार साजन कुमार महतोले वामगठबन्धन सत्ताका लागि मात्रै निर्माण भएको बताएका छन् । माडी नगरपालिकामा २३ गते बिहिबार  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले समाजवाद र लोकतन्त्र कहिल्यै पनि एकै ठाउँमा रहन नसक्ने भन्दै एकै ठाउँमा ल्याउने वामगठबन्धनको नारा झुटको खेती भएको समेत आरोप लगाए ।
यस्तै,नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले अहिलेको वामगठबन्धनलाई काँसको घरको संज्ञा दिएका छन् ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले शुक्रबार आयोजना गरेको प्रदेश नम्बर ३ को विशेष रणनैतिक प्रशिक्षण एवंम सदस्यता वितरण कार्यक्रममा बोल्दै नेता गुरुङले वाम एकता लामो समय नटिक्ने ठोकुवा गरेका छन् । । उनले भने–“यो गठबन्धन काँसको घर हो, हावा लाग्ने बित्तिकै ढल्न सक्छ ।” अहिलेको वाम गठबन्धनको गाँठो लामो समय सम्म नजाने भन्दै उनले निर्वाचनमा हारको महशुश भएकाले वामगठबन्धन निर्माण भएको बताएका छन ।
यस्तै, नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवम् चितवन निर्वाचन क्षेत्र नः १ का उम्मेदवार सुरेन्द्र पाण्डे ले कांग्रेसले नै देश बिगारेको आरोप लगाएका छन् । कांग्रेसकै कारण आज युवाहरु बिदेशमा पलाएन छन, उद्योग धन्दाहरु बेचिए, तपाईका भाइछोरालाई विदेश पठाएको कसले हो ? कसले ग¥यो देशका उद्योग धन्दा वन्द ? त्यसैले अव कांग्रेसलाई मत दिनु हुदैन । हजुरवुवा, वुवा कांग्रेस भएकै कारण कांग्रेस हुनु हुदैन भन्दै राजनीति धर्म जस्तो छाड्नै नहुने कुरा होइन, कांग्रेस छाड्नुस् एमालेमा आउनुस् । शुक्रबार खैरहनी नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् । मुलुकको आवश्यकता अनुसार काँग्रेश हिड्न नसक्दा नै देश पछाडि परेको नेता पाण्डेको भनाई छ ।
यस्तै, लोकतान्त्रिक गठबन्धन अन्तर्गत राप्रपा (प्रजातान्त्रिक) का चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले शनिबार आयोजित चुनावी सभामा प्रचण्ड अन्य ठाउँमा बन्द भएर यो क्षेत्रमा चुनाव लड्न आइपुगेका छन, उनी चिठ्ठा किन्न खोजिरहेका छन, जनताले खबरदारी गर्नुपर्छ ।” भन्दै प्रचण्ड चिठ्ठा हात पार्न आएको आरोप लगाएका छन्
यस्तै, चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नै निर्वाचन वोथोल्न लागिपरेको आरोप लगाएका छन् । गत् शनिबार चितवनको भरतपुरमा आयोजित पेशागत कर्मचारी संगठनको कार्यक्रममा सम्वोधन गर्दै उहांले यस्तो आरोप लगाएका हुन् । उनले सरकारका मन्त्रीले नै हतियार सहित गिरफ्तार भएका भएको आरोपमा पक्राउ परेकालाई छाड्न निर्देशन दिनु र वक्तव्यबाजी गर्नु नै चुनाव विरोधी गतिविधीमा आफै लागेको स्पष्ट भएको वताए । प्रचण्डले चुनावी प्रचारमा खटिएका माओवादी नेताहरुलाई लक्षित गरी वम विष्फोट गराउने र सवारी साधनमै आक्रमण गर्ने काम सरकारकै संरक्षणमै भइरहेको दावी समेत गरेका छन् ।
यस्तै,  वन तथा भूसंरक्षण मन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले एमाले नेता देवी ज्ञवाली अपरहणमा परेजस्तो अनुभूति भएको बताए । “हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जेजे बोल भन्यो त्यही बोलेर हिँडेजस्तो लाग्न थालेको छ”, उनले भने, “ठ्याक्कै अपहरणमा परेको व्यक्ति जस्तो बन्नुभएको छ ।” उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाए । “सारै दुःख प¥यो, जसरीपनि पैसा खोजेर दिउँ भन्न लगाउहुन्थ्यो”, उनले भने, “अहिले उनीहरुकै पक्षमा भाषण गर्दै हिँडेको देखेको छु ।” ज्ञवाली भरतपुर महानगरको मेयरमा झिनो मतान्नतरले तत्कालिन कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट माओवादी नेतृ रेणु दाहालबाट पराजित भएका व्यक्ति हुन् । तत्कालिन अवस्थामा भरतपुर–१९ मा मतपत्र च्यातिएर पुनःमतदान हुने बेला सम्म माओवादी केन्द्र र एमालेबीच पानीबाराबारको सम्बन्धन थियो । चन्दा दिएको दिन भुल्नुभयो र ?सोमबार मन्त्री पाण्डेले भरतपुर–८ गौरीगञ्ज, भरतपुर–१७ मा चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।
यता, नेकपा एमालेका नेता देवी ज्ञवालीले गुण्डा र ठेकेदारबाट चितवनको विकास हुन नसक्ने बताएका छन् । चितवनको मंगलपुरमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै ज्ञवालीले गुण्डागर्दि र ठेक्कापट्टाबाट राप्रपा (प्रजातान्त्रिक)का नेता तथा चितवन क्षेत्र नम्बर ३ का उमेदवार विक्रम पाण्डे राजनीतिमा आएको बताउँदै उनीबाट चितवनको विकास हुन नसक्ने बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका चुनावी कमान्डरसमेत रहेका ज्ञवालीले भने, एउटा गुण्डा सुरुमा पैसा कमाउन ठेकेदारको पछि लाग्छ, ठेकेदारले ठेक्का पार्न गुण्डा प्रयोग गर्छ । पछि त्यही गुण्डा आफैं ठेकेदार हुन्छ र ठेक्का पार्छ । जब ठेक्का पार्न राजनीतिक पहुँच आवश्यक ठान्छ, अनि ठेकेदार राजनीतिमा आउँछ र चुनाव लड्छ । नेपालमा त्यस्ता गुण्डा ठेकेदार हुँदै राजनीतिमा आएका छन् । संयोग नै मान्नुपर्छ, विक्रम पाण्डे पनि त्यसरी नै राजनीतिमा आएका छन् । ठेकेदारबाट चितवनको विकास हुन सक्दैन ।
उनले चितवनको समग्र विकासको लागि प्रचण्डले नै जित्नुपर्ने दाबी समेत गरे । ज्ञवालीले व्यङ्य गर्दै अगाडि भने, यसपटक चितवनको समग्र विकासका लागि प्रचण्डले नै जित्नुपर्छ । विक्रम पाण्डे ठेकेदार हुन् , अध्यक्ष प्रचण्ड कमरेड ! चुनाव जितेपछि चितवनको ठेक्का विक्रम पाण्डेलाई नै पार्दिनु होला ।
यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन निर्वाचन क्षेत्र नः ३ का वाम गठवन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी नै नभएको दावी गर्दै राप्रपा (प्रजातान्त्रिक)का उमेदवार विक्रम पाण्डेलाई जनाधार नभएको जनआन्दोलन विरोधीको संज्ञा दिएका छन् । पश्चिम चितवनको मंगलपुरमा आईतबार  भएको चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले ‘जनधार नै नभएको पार्टीका उम्मेदवार आफ्नो प्रतिस्पर्धी हुन नसक्ने वताएका हुन् । कांग्रेसको सर्मथनमा उम्मेदवार भएका राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेप्रति आक्रमक रुपमा प्रस्तुत भएका प्रचण्डले भने, ‘ कृष्णलाल सापकोटा, टेकप्रसाद गुरुङ रामकृष्ण घिमिरे जस्ता उम्मेदवार कांग्रेसबाट उठेको भए पो मेरा प्रतिस्पर्धी हुन्थ्थे । कांग्रेसवाहेक अर्को प्रतिस्पर्धी मान्नै सकिदैन, कांग्रेसको यहाँ उम्मेदवार छैन ।’ कांग्रेसलाई गठवन्धनबाट नआत्तालिन आग्रह गर्दै विचार मिल्नेसँग एकता गर्न प्रचण्डले सुझाएका थिए ।
यस्तै, चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको शिवनगरमा सोमबार विहान संचारकर्मीहरुसंग कुरागर्दै सरकार नै माओवादी उम्मेदवारहरुमाथि आक्रमण गराउन लागीपरेको आरोप लगाएका छन् । उनले भने पछिल्लो समय रोल्पा र रुकुममा माओवादी केन्द्रका उम्मेदवारहरुमाथि भएका आक्रमणमा विप्लव समूह र नेपाली कांग्रेसका स्थानीय तहका नेताको कही न कही साठगाँठ देखिएको बताएका छन् । विप्लव समूहका ठूलो संख्यामा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेपछि विक्षिप्त भएर आक्रमणमा उत्रिएको भन्दै उनले यस्तो समूहसँग कांग्रेस मिल्नु दुर्भाग्य भएको बताए । हतियारसहित पक्राउ परेका विप्लव कार्यकर्ता छोड्न वहालवाला कांग्रेसका मन्त्रीले विज्ञप्ति जारी गरेको भन्दै उनले भने  “तिमीहरु आतंक मच्चाओ,हामी चुनावको प्रचारमा जान्छौं भनेर विप्लव र कांग्रेसबीच तालमेल भएको त होईन, तल्लो तहबाट यस्तै  रिपोर्ट आएको छ ।” उनले अगाडि थपे लोकतन्त्रवादी भन्ने कांग्रेसले कम्युनिष्टको तालमेललाई एकातिर अधिनायकवादी भन्ने आफू चाहिं अपराधिक गतिविधि गर्नेहरुसँग साथ लिएर जान सुहाउँदैन ।” प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश प्रवाह गर्न आग्रह गर्दै उनले भने “यसलाई नियन्त्रण गर्नुहोस, यसले कांग्रेसको पनि हित हुँदैन ।”