निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षामा कडाई

तिन प्रहरी काबार्हीमा


२८ कार्तिक । चितवन । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।  निर्वाचन सुरक्षाका लागि जिल्लामा करीब पाँच हजार सुरक्षाकर्मी  समेत परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आगामी निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएका छन् । गत् सोमबार एक अन्तक्रिया कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै  उनले जिल्लामा मजबुत सुरक्षा व्यवस्था कायम गरिएको बताएका हुन् । सुरक्षा निकायका चारै वटा निकायबीच सहकार्य गरेर नियमित चेकजाँच, निगरानी लगायतका काम भइरहेको भट्टको भनाइ छ । जिल्लामा सुरक्षाको अवस्था राम्रो छ, यसलाई बिग्रन नदिन हामी दिनरात खटिरहेका छौ उनले भने । सुरक्षा समितिले नेपाल प्रहरीको मोबाइल टोली, रिजर्भ र सिभिल टोली, सशस्त्र प्रहरीको मोबाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस र राष्ट्रिय अनुसन्धानको इन्टिलेन्स समूह पनि परिचालन गरिएको प्रजिअ भट्टले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्लाभर प्रहरी संयन्त्र परिचालित भएको बताए । उनले टोले, फ्याउरे, संरक्षित, व्यवसायिक र राजनीतिक गुण्डाको वर्गीकरण गरेर १२० वटा समूह पहिचान गरी कारवाही थालिएको जनाए । निर्वाचन सुरक्षाका लागि ५ वटा एक्सन प्लान तयार गरिएको छ, उनले भने । एसपी थापाले अवैधरुपमा हातहतियार, लागूऔषध बिक्री वितरण तथा ओसारपसार, मदिरा उत्पादन तथा बिक्रीलगायतका कार्य रोक्न विशेष टोली परिचालन गरिएको जानकारी दिएका छन् ।
भौगोलिक विकटता, अरु जिल्लासँग जोडिएका स्थान र विगतका अपराध भएका ठाँउका मतदान केन्द्रलाई संवदेनशीलमा राखिएको जिल्लाका प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए । जिल्लाका ४०८ वटा मतदान केन्द्रको सुरक्षाका लागि तीन हजार २९६ जना जनपथ प्रहरी परिचालन हुनेछन् । एउटा मतदानस्थलमा कम्तीमा १२ देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने योजना छ । त्यसमा प्रहरीकै मोवाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त टोली समेत परिचालन गरिने एसपी थापाले बताए । प्रहरी र म्यादीको टोली सम्वन्धित स्थानमा पुगिसकेका छन् ।
चितवनमा निर्वाचन सञ्चालन प्रयोजनार्थ एक हजार ७१० म्यादी प्रहरीलाई छनौट पछि तालिम दिई सम्वन्धित क्षेत्रमा खटाइसकिएको हो । यसअघि स्थानीय तहको निर्वाचनमा १२ सय ५५ म्यादी प्रहरी खटाइएको थियो । निर्वाचन विरोधी गतिविधीहरुको पहिचान गर्ने र प्रिएरेष्ट गरि कारर्वाही चलाउने योजना प्रहरीको रहेको एसपी थापाले बताए । साना हतियार र विस्फोटक पर्दाथ बोक्न सक्ने समुहहरुको पनि पहिचान गरिएको छ । एआरआई अभियान चलाइएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।
चितवनमा १६१ मतदानस्थल मध्ये ५२ वटा मतदानस्थललाई अतिसंवेदनशील र १०९ मतदान स्थललाई संवदेनशीलको सूचिमा रहेकोले उच्च सर्तकता अपनाइएको समेत एसपी थापाले जानकारी दिए ।
जिल्लामा नेपाल प्रहरीका मात्रै तीन हजार २९६ जना परिचालन हुनेछन् । म्यादी प्रहरी एक हजार ७१० छन् । जिल्लाका १६१ स्थलका ४०८ मतदान केन्द्रमा भित्री सुरक्षा नेपाल प्रहरी, बीच घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेनाको हुनेछन् ।
जिल्लामा १६१ मतदानस्थल कायम गरिएको छ । तीमध्ये ५२ मतदानस्थललाई अति संवेदनशील र १०९ मतदानस्थललाई संवदेनशीलको सूचीमा राखिएकाले उच्च सतर्कता अपनाइएको छ ।
जिल्लाका ४०८ मतदान केन्द्रको सुरक्षाका लागि तीन हजार २९६ नेपाल प्रहरी परिचालन हुनेछन् । एउटा मतदानस्थलमा कम्तीमा १२ देखि ४९ जनासम्म नेपाल प्रहरी र आवश्यकतानुसार म्यादी प्रहरी परिचालन गरिने योजना छ । त्यसमा प्रहरीकै मोबाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त टोलीसमेत परिचालन गरिने बताइएको छ ।

यसैविच,  जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना तिन प्रहरीलाई कार्बाही गरेको छ । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कार्बाही गरेको हो । ई.प्र.का.रामनगरमा कार्यरत प्रहरी हवल्दार टेम प्रसाद तिमल्सिमा, प्रहरी जवानहरु अजय यादव र दिपक बैठा लाई जिम्मेवारीबाट मुक्त गरी प्रहरी नियमावली २०७१ अनुसार आवश्यक कानूनी कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं चितवन प्रहरी प्रवक्ता प्रभु प्रसाद ढकालले जानकारी दिएका छन् । उनीहरुले ना ७ ख ५२८ नं.को ट्यांकर चालक अर्जुन पौडेल संग गैर कानूनी रुपमा रु.५,००० रकम लिएको कुरा खुलेसँगै उनीहरुलाई कार्बाही गरिएको चितवन प्रहरीले प्रेस रिलिज मार्फत समेत जानकारी दिएको छ