माडीमा पाण्डेले भनेः रिउ खोलामा रु दुई अर्बको लगानीमा तटबन्धन !

चितवन,कार्तिक २८ –

वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले माडीको ब्रह्मपुरीमा मगंलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै रु दुई अर्ब रुपैयाँको लगानीमा रिउ खोलामा तटबन्धन गर्ने तयारी भइरहेको भन्दै मतदातालाई फकाउने प्रयास गरेका छन् ।
“माडीलाई सुन्दर पर्यटकीय नगरी र रिउ खोलामा बृहत् तटबन्धन गरेर पर्यटन मार्ग बनाइने छ”, उनले  भने ।
चितवन राष्ट्रिय निकुञ्ज र बस्ती जोडिएका ठाउँमा अत्याधुनिक मेसजाली लगाएर जनता र निकुञ्जबीच रहेको द्धन्द्ध घटाइने उनले ।  बताए ।
अब जनता निकुञ्जका जनावरबाट आजित हुन नपर्ने दिन आयो,उनले भने ।

प्रतिनिधिसभा सदस्यका लागी कांग्रेसको सर्मथनमा उम्मेदवार भएका राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले भने, “जनताबाटै लुटेको रकम बाँड्नसक्छन, पैसा लिनुहोस् तर भोट दिँदा विवेक पु¥याउनुहोस् । ”