‘अबको युग विकास र समृद्धिकोः दाहाल


चितवन, कात्तिक २८ –
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताएका छन् ।
भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा मगंलबार बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले “अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रति कै संकल्प हो, आर्थिक समृद्धि र समाजवादबाहेक मेरो अर्को कुनै सपना छैन ।” भन्दै  दाहालले विकास र आर्थिक समृद्धि कै लागी आँफु लागीपर्ने कुरा मतदातालाई स्पष्ट पार्ने कोशिस गरे ।
बिहानैदेखि चुनावी घरदैलोमा सक्रिय चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वप्रधानमन्त्री दाहालले मतदातालाई किन्न खोज्नेको पैसा कब्जा गर्न आग्रह पनि गरे ।
दाहालले आफूले निर्वाचनपछि समाजवादको सपना देखेको बताएका थिए । उनले उक्त कार्यक्रमसँगै बिहान यहाँको डेरी चोकमा वाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन पनि गरेका थिए । सो क्रममा उनले राप्रपा छाडेर आएका झण्डै १०० कार्यकर्तालाई पार्टी प्रवेश समेत गराएका थिए ।