चितवनमा अझै प्रहरी संरक्षणमै जुवा खाल सञ्चालनमा

चितवन÷ जिल्लाका विभिन्न स्थानमा अहिले पनि  ठुला जुवाखाल निर्वाद रुपमा  सञ्चालनमा आईरहेका छन् । भण्डाफोर अभियानको निरन्तर खबरदारी सँगै गत महिना केही हद सम्म रोकिएको जुवाखाल दशै आसपासबाट पुनः सञ्चालनमा आएको हो । जिल्लाका विभिन्न स्थानमा निर्वाद जुवाखाल संचालनमा आएपनि प्रहरी प्रशासन बेखबर जस्तो गरी तमासे बनिरहेको छ । चितवनको नारायणगढ बजार क्षेत्र, भतरपुर, टाँडी, पर्सा, भण्डारा, गितानगर, चनौली लगायतका क्षेत्रमा अहिले पनि दैनिक लाखौलाखको कोडा तास जस्ता जुवाखाल संचालन भईरहेपनि प्रहरी मुकदर्शक रहनुले कतै प्रहरी संरक्षणमा त यी जुवाखालहरु मौलाईरहेका छैनन् भन्ने गम्भिर आंशका पैदा भएको छ । यस अघि पनि जिल्लाको भरतपुर हाईटमा रहेको थकाली भान्छाघरबाट प्रहरीले लाखौँ हप्ता असुली गर्दै अबैध जुवाखाल संचालनमा छुट दिएको थियो । जसबारे भण्डाफोर अभियानले निरन्तर उजगार गरी प्रहरी प्रशासनमा दबाब सिर्जना गरे सँगै जिल्लाको प्रहरी उक्त स्थानमा छापा मार्र्न बाध्य भएको थियो । उक्त स्थानामा छापामारी प्रहरीले २१ जना जुवाडेलाई पक्राउ गरे पनि रातारात जुवाडे छाड्ने कार्य र बास्तविक बरामद रकम लुकाएपछि जिल्ला प्रहरीको उक्त कार्बाही समेत विवादित बन्न पुगेको थियो । स्मरण रहोस् उक्त घटनामा संलग्न एक जुवाडेका अनुसार प्रहरीले राजस्वमा दाखिला गरेको रकमको विषयमा नबोल्ने शर्तमा आफुहरुलाई प्रहरीले तत्काल छाडेको उनले आफ्नो नाम नबताउने शर्तमा भण्डाफोर अभियानलाई जानकारी दिए । त्यस्तै पुर्वी चितवनका विभिन्न कटेज रेष्टुरेण्ट र अन्य केही स्थानमा जुवाखाल र वेश्यावृती मौलाउदै गएपनि प्रहरी मुकदर्शक बसिरहेका छन् । हाम्रा पुर्वी चितवन संवाददाता प्रनिश थापाका अनुसार उक्त क्षेत्रमा विकृतीको रुपमा जुवातास र वेश्यावृति मौलाउनुमा प्रहरी प्रशासन दोषी रहेको पाइएको छ । प्रहरी प्रशासननै विकृती विसंगतिलाई प्रश्रय दिलाउन रकम लिई त्यस्ता गैरकानुनी कार्यलाई छुट दिइरहेको छ उनले भने । यता पश्चिम चितवनको गितानगर जगतपुर र चनौली क्षेत्रमा समेत जुवाखाल मौलाउदै गईरहेको पाईएको  छ । जिल्लामा जुवातास र वेश्यावृति मौलाउदै गएपनि सो नियन्त्रणमा प्रहरीले खासै चासो दिएका छैनन् । अहिले भरतपुर महानगरपालिकाको चनौली क्षेत्रमा जुवातास मात्र होइन कौडा खाल नै मौलाउदै गईरहेको पाइएको छ । भण्डाफोर अभियानलाई प्राप्त एक गोप्य श्रोतका अनुसार जिल्लामा करिब एक दर्जन जुवाखाल संचालनमा आईरहेका छन् । ति सबै जुवाखाल प्रहरी सेटिड्डमै चलिरहेको समेत स्रोतको दाबी छ । श्रोतका अनुसार नारायणगढ बजार क्षेत्रमै करिब आधा दर्जन जुवाखाल दैनिक संचालनमा आईरहेका छन् । नारायणगढका एकजना पिया थरका ब्यक्तिले दैनिक ५०० रुपैया पोइन्टमा म्यारिज खेलाउने गरेका छन् । उनले प्रहरीलाई मिलाएबापत मात्र मासिक लाखौँ खर्चने गरेको श्रोतको दावी छ । त्यस्तै गणेस्थानको बसेनी, गोन्द्राड्ड, बसपार्क लगायतका स्थानका केही घर र चितवनका केही होटलहरुमा समेत प्रहरी संरक्षणमै जुवा खाल चलिरहेको खुलासा भएको छ । यसरी जिल्लाका विभिन्न क्षेत्रमा जुवाखाल मौलाउदै गएपनि चितवन प्रहरी बेखबर बन्नुलाई अर्थपुर्ण रुपमा हेर्न त सकिन्छ नै सँगै यस्ता सामाजिक विकृतिलाई बढुवा दिने प्रहरीशैली कदाचित सही हुन सक्दैन । जुवा खाल मात्र होइन चितवनमा अहिले वेश्यावृती पनि मौलाउदै गएको छ । त्यस्तै प्रहरी प्रशासनको हप्ता असुलीले गर्दा चितवनमा अबैध मदिरा भट्टीहरु समेत दिन प्रति मौलाउदै गईरहेका छन् । जसले गर्दा एकातिर सामाजिक विकृती विसंगति बढ्दै गईरहेको छ भने अर्को तर्फ राज्यलाई आउने लाखौ करोड राजस्व समेत गुमिरहेको छ । यस विषयमा सम्बन्धित उपल्लो निकायहरुको ध्यान कहिले जाने हो । जिल्ला प्रशासन कार्यालय,  राजस्व कार्यालय र अन्य सम्बन्धित निकायकले समेत बेलैमा बुझ्नुपर्ने हो की ? यता देवघाट जस्तो पवित्र धार्मिक स्थल नजिक तनहूँ जिल्ला देवघाट गाउँपालिका स्थित देवपुर गाउँ नयाँवस्तीमा प्रहरी संरक्षणमै करिब १ महिना यता जुवाखाल सञ्चालन भइरहेको खुल्नमा आएको छ । सो जुवाखालको विषय प्रहरी प्रधान कार्यालयमा समेत जानकारी भई कारबाहीको निम्ति विशेष टोली आएपनि जुवाडेहरु देवघाटबाट कालिगण्डकी पार गर्दै नवलपुरको हर्दि तिर लागेकाले टोली खाली हात फर्किएको थियो ।