लेनिन र अवसरवाद–विरोधी संघर्ष

 जनवरी २९, १९२४ का दिन हाम्रो शताब्दीका एक महान विभूतिको निधन भएको थियो । सो विभूति हुनुहुन्थ्यो– विश्व सर्वहारावर्गका महान नेता तथा गुरु भ्लादिमिर इलिच लेनिन । लेनिन महान अक्टोवर समाजवादी क्रान्तिका प्रमुख संगठनकर्ता तथा नेता हुनुहुन्थ्यो । पहिले पहिलेका क्रान्तिहरुबाट एकदमै भिन्न उक्त क्रान्ति बिसौं शताब्दिको पहिलो विश्व–ऐतिहासिक महत्वको घटना थियो, जसले विश्वको छ खण्डको एक खण्ड भूभागलाई पुँजीवादी व्यवस्थाबाट अलग पारी मानवजातिको इतिहासमा एउटा नयाँ युगको सूत्रपात ग¥यो र मानव मुक्ति संघर्षको इतिहासमा एउटा नयाँ अध्याय शुरु ग¥यो । लेनिन बोल्सेविक पार्टीका संस्थापक हुनुहुन्थ्यो, त्यस पार्टीका प्रमुख संस्थापक, जसले अक्टोबर समाजवादी क्रान्तिको महान विजयमा र विश्वमा पहिलो समाजवादी राज्यको स्थापनामा सफल नेतृत्व प्रदान ग¥यो ।   फ्रेडरिक एन्जेल्सको मृत्युपछि विभिन्न क्षेत्रहरुबाट र विभिन्न खालका अवसरवादीहरुबाट माक्र्सवादमाथि भएको भयानक हमलाहरुको मुकाविला गरी त्यसका विरुद्ध क्रान्तिकारी सिद्धान्तहरुको रक्षा गर्ने ज्यादै गम्भीर तथा बोझिलो भार बोक्ने प्रमुख व्यक्ति लेनिन हुनुहुन्थ्यो । उहाँ तेस्रो इन्टरनेशनलका संस्थापक हुनुहुन्थ्यो, जसले सारा संसारका माक्र्सवादीहरुलाई आफ्नो झण्डामुनि संगठित गरेर नेतृत्व प्रदान ग¥यो र विश्व क्रान्तिकारी आन्दोनलाई निकै अगाडि बढायो । माक्र्सवादका क्रान्तिकारी सिद्धान्तहरुको संरक्षण गरेर त्यसलाई नयाँ युगको, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विशिष्टताहरुमा रचनात्मक ढंगले लागू गरेर लेनिनले माक्र्सवादलाई नयाँ चरणमा विकसित गर्नुभयो । लेनिनवाद त्यही नयाँ चरण थियो, माक्र्सवादको विकासमा एक ऐतिहासिक खुड्किलो थियो । ठीकसित के भनिएको छ भने लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो ।   यस सानो लेखमा विभिन्न गैर–सर्वहारा विचारधाराहरुको विरुद्ध, संशोधनवाद तथा अवसरवादको विरुद्ध लेनिनले जुन संघर्ष चलाउनु भएको थियो, त्यसबारे संक्षिप्त चर्चा गरिनेछ । त्यो संघर्ष लेनिनको राजनीतिक जीवनको एक अभिन्न, अति महत्वपूर्ण अंग थियो । लेनिन संशोधनवाद तथा अवसरवादको कट्टर विरोधी हुनुहुन्थ्यो र त्यससित कुनै पनि प्रकारको सम्झौता तथा मेल गर्ने पक्षमा हुनुहुन्नथ्यो ।  आफ्नो समयमा विभिन्न रुप लिएर देखापरेका संशोधनवादी तथा अवसरवादी प्रवृत्तिहरुको विरुद्ध उहाँले अथकित तथा अनवरत रुपमा निर्मम तथा सम्झौताहीन संघर्ष चलाउनुभयो । उहाँको दृढ मत के थियो भने जनताको क्रान्तिकारी आन्दोलनलाई सफलतापूर्वक अघि बढाउने हो भने, समाजवादको निर्माण गर्ने हो भने, सर्वहारावर्गले आफ्नै सच्चा क्रान्तिकारी पार्टीको निर्माण गर्नुपर्छ । त्यस्तो पार्टी, जसले अवसरवादसित पूरै रुपमा नाता तोडेको हुन्छ । उहाँको भनाइ अनुसार, अवसरवाद भनेको मजदूर आन्दोलनभित्र पुँजीवादी प्रभाव हो, र संशोधनवाद तथा अवसरवादको विरुद्ध संघर्ष क्रान्तिको लागि, जनमुक्तिको लक्षका लागि अति महत्वपूर्ण रहेको हुन्छ ।    आफ्नो जीवनकालमा लेनिनले रुसी मजदूर आन्दोलन र अन्तर्रा्ष्ट्रिय कम्युनिष्ट आन्दोलनभित्रका विभिन्न गैर–सर्वहारा विचार तथा प्रवृत्तिहरु र विभिन्न खालका अवसरवादीहरुको विरुद्ध संघर्ष गर्नुभयो । शुरुमा उहाँले एक गैर–माक्र्सवादी धारा नरोद्वादको विरुद्ध संघर्ष चलाउनु भयो, जुन धारा आमजनतको तागतमा विश्वास नगरेर व्यक्तिगत आतंकवाद तथा व्यक्तिहत्याको वकालत गर्दथ्यो र जुन धारा त्यसबेला रुसमा माक्र्सवादको प्रचार प्रसारको लागि र माक्र्सवादी पार्टी बनाउनका लागि मुख्य बाधा बनेको थियो । उहाँले सर्वहारा क्रान्तिको सिद्धान्त र सर्वहारा अधिनायकतन्त्रको परित्याग गर्ने ‘कानुनी माक्र्सवाद’ र ‘कानुनी माक्र्सवादीहरु’को घोर आलोचना गर्नुभयो । अनि ‘अर्थवाद’, जसले के वकालत गथ्र्यो भने मजदूरहरुले आर्थिक संघर्ष मात्र चलाउनु पर्छ र राजनीतिक काम पुँजीपतिहरुको जिम्मामा छाड्नु पर्छ, त्यसको विरुद्ध संघर्ष चलाउनु भई लेनिनले धेरै महत्वपूर्ण माक्र्सवादी प्रस्थापनाहरु प्रस्तुत गर्नुभयो ।    एन्जेल्सको मृत्युपछि अन्तर्रा्ष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सर्वत्र अवसरवादीहरु देखा परे र तिनीहरुले क्रान्तिको विरुद्ध र सर्वहारा अधिनायकतन्त्रको विरुद्ध शान्तिपूर्ण संक्रमणको सिद्धान्तको वकालत गरे । त्यो माक्र्सवादका क्रान्तिकारी सिद्धान्तहरुलाई ‘संशोधन’ गर्ने पहिलो प्रयत्न थियो, र बन्र्सस्टीनवाद त्यसको ठोस तथा पूर्ण अभिव्यक्ति थियो । विभिन्न मुलुकका अवसरवादीहरुले सैद्धान्तिक रुपमा बन्र्सस्टीनवादको अनुसरण गरे । दोस्रो इन्टरनेशनलको नेतृत्व लिएर बसेका ट्राट्स्की लगायत कतिपय नेताहरुले सिद्धान्ततः आपूmलाई पतित बनाएर अन्तर्रा्ष्ट्रिय कम्युनिष्ट आन्दोलनमा गम्भीर संकट ल्याए । लेनिनले ती सारा नेताहरु र माक्र्सवादलाई भुत्ते पार्ने तिनीहरुका घृणित प्रयत्नहरुको विरुद्ध मोर्चा लिनुभयो र त्यसमाथि कठोर हमला गर्नुभयो । एकातिर माक्र्सवादीहरु र अर्को्तिर संशोधनवादी तथा अवसरवादीहरुकाबीच चलेको सो पहिलो महान संघर्षमा लेनिनले संसारका सारा माक्र्सवादीहरुको नेतृत्व गर्नु भई माक्र्सवादका आधारभूत सिद्धान्तहरुको संरक्षण र विकास गर्नुभयो ।    माक्र्सवादलाई पुँजीपतिवर्गको स्वार्थ अनुरुप बनाउने दोस्रो इन्टरनेशनलका अवसरवादी नेताहरुको प्रयासको विरुद्ध निर्मम संघर्ष चलाउँदै लेनिनले माक्र्सवादका आधारभूत सारतत्वलाई स्पष्ट तथा टड्कारो रुपमा प्रस्तुत गर्नुभयो । माक्र्सवादीहरुलाई अवसरवादीबाट छुट्याउने मुख्य चीज कुन हो भन्ने कुरालाई स्पष्ट पार्दै उहाँले के भन्नुभयो भने ती दुईको बीचमा भेद छुट्याउने मुख्य कसौटी सर्वहारावर्गको अधिनायकतन्त्रप्रतिको दृष्टिकोण हो । सर्वहारा अधिनायकतन्त्रको विरोध गर्नुको अर्थ माक्र्सवादकै परित्याग गर्नु हो भन्ने तथ्यतर्फ औल्याउँदै उहाँले के बताउनु भयो भने सर्वहारावर्गको अधिनायतन्त्रको सिद्धान्त माक्र्सवादी सिद्धान्तको सबभन्दा आधारभूत तत्व हो, माक्र्सवादको मूल सार हो ।    दक्षिणपन्थी अवसरवाद कम्युनिष्ट आन्दोलनभित्रको मुख्य शत्रु मानेर त्यसको विरुद्ध निर्मम संघर्ष चलाउनुका साथै लेनिनले अर्को तर्फबाट, अर्थात् बायाँबाट माक्र्सवादमाथि गरिएको हमलाको विरुद्ध पनि संघर्ष गर्नुभयो । निम्नपुँजीवादी क्रान्तिवादको रुपमा, जड्सूत्रवाद, संकीर्णतावाद तथा दुस्साहसवादको रुपमा रहेको ‘बामपन्थी’ अवसरवाद पनि क्रान्तिका लागि हानिकारक तथा खतरनाक हुन्छ भन्ने कुरोलाई देखाउनु भई उहाँले कुन कुरामा बारम्बार जोड दिनुभयो भने दक्षिणपन्थी अवसरवादका साथै ‘बामपन्थी’ अवसरवादको विरुद्ध संघर्ष गर्नु पनि आवश्यक छ, किनभने यी दुवै धाराहरु माक्र्सवाद–विरोधी हुन् । आफ्नो सुप्रसिद्ध कृति ‘बामपन्थी कम्युनिजम, एक बालरोग’ मा उहाँ अरु मुलुकको नक्कल गर्ने प्रवृत्ति, वैधानिक अवसरहरुको प्रयोग गर्न इन्कारी आदि विभिन्न रुपमा देखापरेका ‘बामपन्थी’ प्रवृत्तिहरुको गहन आलोचना गर्नुभयो ।    यसरी लेनिनले दक्षिणपन्थी तथा ‘बामपन्थी’ अवसरवादको विरुद्ध माक्र्सवादलाई भुत्ते तथा अनुपयोगी पार्ने प्रयत्नको विरुद्ध, राजनीतिक मूख्र्याइँ तथा फोहरमैलाको विरुद्ध, नक्कली माक्र्सवादी तथा आलाकांँचा माक्र्सवादीहरुको त्यही संघर्षद्वारा र त्यही संघर्षको क्रममा नै माक्र्सवाद नयाँ ऐतिहासिक चरणमा अर्थात् लेनिनवादको चरणमा विकसित भयो ।  स्टालिन भन्नु हुन्छ स् ‘‘.पश्चिममा केन्द्रवाद (ट्राट्स्की) र हाम्रो मुलुकमा केन्द्रवाद  (ट्राट्स्की) लगायत सबै खालका अवसरवादको विरुद्ध निर्मम संघर्षमा लेनिनवाद जन्मियो, हुर्कियो र बलियो भयो ।’  माक्र्सवाद ‘वस्तुतः आलोचनात्मक र क्रान्तिकारी’ छ र संघर्षबाट मात्र त्यसको विकास हुन सक्छ । अवसरवादको विरुद्ध दृढ संघर्ष चलाउने लेनिनका तरिका तथा भावना एकमात्र सच्चा माक्र्सवादी तरिका तथा भावना हो । अवसरवाद–विरोधी संघर्ष माक्र्सवादी–लेनिनवादी भावनाको एक अभिन्न अंग हो । हाम्रो मुलुकका माक्र्सवादी–लेनिनवादीहरु लगायत साराका सारा माक्र्सवादी–लेनिनवादीहरुले उक्त भावनालाई ग्रहण गरेर त्यस अनुरुप काम गर्नुपर्छ ।  आफ्नो समय र मुलुकको कम्युनिष्ट आन्दोलनभित्र नाना रुपमा देखापर्ने अवसरवादीहरु, (दक्षिणपन्थी र बामपन्थी) विश्वासघातीहरु, मौका खोजुवा वा क्यारिरिष्टहरु, आदिलाई चिनेर तिनीहरुको भण्डाफोर गर्नु र तिनीहरुलाई आमजनताबाट अलग्याउनु––आफूलाई माक्र्सवादी–लेनिनवादी भन्ने सबैको एक गम्भीर कर्तव्य हो । (कृष्णदास श्रेष्ठका संकिलत रचना पुस्तकबाट)