केही प्रहरीको असुलि धन्दाले प्रहरी संगठन बदनाम बन्दै ।

शसस्त्रमा पनि असुलीको रोग सल्कदै

चितवन ÷ भनिन्छ नि , एउटा आलुले सबै आलुलाई कुह्याउन्छ । हो , यस्तै भएको छ नेपाल प्रहरीको कार्यशैली र गतिविधि पनि । प्रहरीको घुसखोरी र लुटतन्त्रको बिषयमा भण्डाफोर साप्ताहिकले झन्डै तीन महिनादेखि निरन्तर खबर सम्प्रेषण गर्दै गए पनि असुली धन्दाले अझै पनि प्रश्रय पाइरहेको छ । माथिल्लो निकायमा पैसा बुझाउनुपर्छ भन्दै घुमुवा प्रहरीहरुले निरन्तर रूपमा आतंक सृजना गर्दै असुली धन्दा चलाईरहेको भएपनि त्यसलाई नियन्त्रणमा लिन जिम्मेवार निकाय तयार नभएकै कारण त्यस्तो धन्दामा प्रहरीको मनोमानी बढ्दै गएको पाईएको हो । अझै अनौठो कुरा त के भनें नि देशकै प्रमुख क्षेत्र काठमाडौंमै समेत प्रहरीको असुली धन्दाले प्रश्रय पाइरहेका छन् । पछिल्लो समय शान्ति सुरक्षाको हिसाबले अत्यन्तै चुनौती रहेको काठमाडौंमा मात्रै  अपराधीक गतिविधिमा निरुत्साहित गर्न प्रहरी तल्लीन भइरहेको अवस्थामा काठमाडौंका केही प्रहरी भने असुली धन्दा मै व्यस्त बन्न पुगेका छन् । भण्डाफोरलाई प्राप्त गोप्य श्रोतले दिएको भरपर्दाे सुचना अनुसार गोगंबुस्थित प्रहरी प्रभाग दीप ज्योतिका ईञ्चार्ज एंवम् प्रहरी  सहायक निरीक्षक कपिल घिमिरेको व्यवहारबाट स्थानीय आजित बन्ने गरेको  पाईएको छ । आफ्नु नाम उल्लेख नगरीदिने सर्तमा एक स्थानीयले भण्डाफोरकर्मीलाई शुक्रबार राती सम्पर्क गरेर घिमिरेको बारे सार्वजनिक गरेका हुन् । उनले ‘प्रहरीमा केही समस्या लिएर जाँदा बिटका ईञ्चार्ज कपिल घिमिरेले घण्टौं सम्म प्रतीक्षा गराउने , अरुको कुरा नसुन्ने र आफ्नु मान्छेको मात्रै कुरा सुन्ने र नराम्रो व्यवहार गर्ने गरेको बताए’,  उनले भने , भनिन्छ प्रहरी मेरो साथी तर, घिमिरेज्युको तर्फमा भने यस्को ठिक बिपरित भएको छ र यो बिकराल हुने अवस्थामा पुगेको छ । स्रोतका अनुसार ईञ्चार्ज सहायक निरीक्षक घिमिरेले होटेल, गेष्ट हाउस, रेष्टुरेन्टका व्यापारीहरूलाई धम्काउने आरोप समेत यस अघि नै लागिसकेको थियो । उता , यस बिषयमा भण्डाफोरकर्मीले खबर पाएलगत्तै आफूलाई सिंगम ठान्ने काठमाडौंका प्रहरी प्रमुख रविन्द्र धानुकसँग समेत जिज्ञासा राखेको थियो । कुराकानीका क्रममा उनले जनताले लगाएको आरोप प्रमाणित भए घिमिरेलाई कुनै हालतमा पनि नछाड्ने बताए । उनले भने  ‘मेरो दायित्व भनेको काठमाडौं जिल्लाभित्रको शान्ति सुरक्षालाई मजबुत पार्नु हो, यसैमा जनतालाई गलत नियतले दुःख दिने जो कसैसँग पनि म मेरो कार्यकाल अबधीभर सम्झौता गर्दिनँ । ‘मेरो मातहत रहेका कुनै पनि प्रहरी कर्मचारीले समस्या बनाएका छन् भने म कहाँ आउनुस् म यसलाई तुरुन्तै आन्तरिक रुपमा नै छानविन गरेर आवश्यक कारबाही गर्छु । यता, काठमाडौं प्रहरी प्रमुख धानुकले प्रहरी संगठन बिपरित कार्य गर्ने कसैसँग पनि सम्झौता नगरी कानुनी कठघरामा उभ्याउने बताइरहदा सेटिङ मिलाएर लामो समय देखि दरबारमार्ग र सोह्रखुट्टे छाड्न नमान्ने डिएसपीद्वयलाई भने कार्वाही गर्न सकेका छैनन् । माथिल्लो निकायलाई सेटिङ मिलाएर दरबारमार्गमा डिएसपी तिलक भारती तथा साह्रखुट्टेमा दीपक पोखरेल लामो समय देखि रहिरहेका छन् । ती मध्य एक तिलक भारती भन्ने माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा का भाञ्जी ज्वाई हुन् । जसकारण भारतीले ठुलै पावर लगाएर आएको भन्दै उनले आफ्नो क्षेत्रका डान्सबार, डिस्को र दोहोरीहरुबाट घुमुवा मार्फत असुली सुरु गरेका छन् । विगतमा एक बजेसम्म चल्ने व्यवसायलाई अहिले १२ बजे नै बन्द गर्न भन्दै प्रहरी पठाउने गरेको ब्याबसायीहरु बताउँछन् । उनको बारेमा नजिक नियालेर हेरेका एक प्रहरी भन्छन् ः दरबारमार्ग र सातदोबाटोको इन्चार्ज समेत पाइसकेका उनले कसरी पैसा झार्नुपर्छ भन्ने थाहा पाइसकेका छन,‘त्यही कारण अहिले कडाई गरेर सबैतिर रकम बढाएर पैसा असुल्न खोजेका हुन् ।’ यसै गतिविधि बाट आजित उनी विरुद्ध महानगरीय प्रहरी कार्यालयमा समेत उजुरी परेको छ । तर, पनि निज माथि सामान्य स्पष्टीकरण समेत सोध्न महाशाखा तयार नभएको स्वयं प्रहरी नै गुनासो गर्छन् । यता, ईलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यारत प्रहरी जवान बिजय यादवको असुली धन्दाले समेत स्थानीय त्रसित बन्न पुगेका छन् । शनिबार भण्डाफोरकर्मी ईलाका प्रहरी कार्यालय गैंडाकोट पुग्दा घट्नाबारे छर्लङ्ग भएको हो । कार्यालयमा कार्यारर्त एक प्रहरीले आफ्नु नाम उल्लेख नगरिदिन आग्रह गर्दै जिल्लाका प्रहरी इन्चार्जले क्राइम हेर्ने बहानामा यादवलाई घुमुवा प्रहरीको जिम्मेवारी दिएर गैरजिम्मेवार कार्य गरिरहेको प्रष्टाए । यादवको काम क्राइम हेर्ने होइन उनले भने, क्राइमको नाममा कसरी हुन्छ जनतालाई दुःख दिएर पैसा कमाउनु नै उनको प्रमुख उद्देश्य हो । निजलाई कार्वाही हुनुपर्छ । उता, भण्डाफोर अभियानकर्मी प्रनिश थापा सित कुरा गर्दै यादवले आफूले कसैसँग एक रुपैयाँ नलिएको दाबी गरे । उनले भने , ए हो ? मैले पैसा पो लिएको छु है । ठिकै छ भन्दै थापाको फोन काटेका हुन् । उता, बारा जिल्लामा समेत असुली धन्दा उस्तै छ । त्यहाँ जिल्लालाई नै तहसनहस बनाउन तीन असई निरन्तर रूपमा लागिपरेका छन् । यसरी , राज्यले उपलब्ध गराएको पैसामा सन्तुष्ट नभई तस्करीको लाइन मिलाएर घुस खाने असइहरुमा बरियारपुर का प्रहरी सहायक निरीक्षक रामनरेश सिंह , गञ्जभवानीपुरका राजेश जयसवाल भन्ने राजेश पटेल , जिल्लाका जय गोबिन्द राउत कुर्मीका कारण स्थानीय पोके ब्याबसायीहरु आजित बन्न पुगेका हुन् । तस्करीको लाइन मिलाउन माहिर यी तीन असइत्रयहरुले जिल्लाभर आतंक नै मच्चाउदा समेत जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजकुमार बैदावर मौन छन् । स्रोतका अनुसार जिल्लाका प्रहरी प्रमुखलाई नै रिझाउन माहिर बनेका यी तीन असईहरुको जहिंले जहाँ सरुवा भए पनि कहिले जिल्ला छाड्नु पर्दैनन् । राउत र जयसवाल लामो समयदेखि पर्सा र बारा जिल्लामै कार्यारत छन् । गञ्जभवानीपुरका राजेश जयसवालले यस अगाडि गण्डक नहर क्षेत्रमा हुँदा करोडौं रकम उठाउन सफल भइसकेका प्रहरीका रूपमा परिचित छन् भने राउतले घुमुवा बसेर कमाएको पैसाले जग्गा र मोटरसाइकल किन्न सफल भईसकेका छन् । उता , आरोपित बरियारपुरका असई नरेन्द्र सिंह समक्ष पटक पटक जिज्ञासा राख्न खोजे पनि उनी हामी सित बोल्न तयार नै भएनन् । त्यस्तै , जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यारर्त प्रहरी नायब निरीक्षक सुर्य पौडेलले समेत स्थानीयलाई रुवाएका छन् । क्राइम हेर्ने जिम्मा पाएका पौडेलले क्राइम भन्दा पनि आफ्नु असुली धन्दा लाई नै बढवा दिईरहेको खुल्नमा आएको हो । यस अगाडि उनको बारे खबर निरन्तर रूपमा सम्प्रेषण भईरहेपनि ठुलै शक्तिलाई रिझाएका उनलाई मत्ता साँढे झै छाड्नुमा माथिल्लो तहका प्रहरी हाकिमहरुले समेत उनको असुली धन्दाको हिस्सा खाने गरेको प्रष्ट हुन आउँछ । काठमाडौं दरबन्दी भएका पौडेलले जथाभावी पैसा उठाउने गरे पनि निज लाई कुनै कार्वाही र स्पष्टीकरण नसोध्नु अनि आफ्नु दरबन्दी भएको क्षेत्रमा पठाउन हिच्किचाउनुले पनि जिल्लाका एसपीकै मिलेमतोमा उनको लापरबाही बढेको छर्लङ्ग हुन्छ । त्यस्तै , चितवनमा पनि प्रहरीको हबिगत लगभग उस्तै नै प्रायः छ । जिल्लामा प्रहरी निरीक्षक जयनारायण यादव , प्रहरी सहायक निरीक्षक जितेन्द्र धामीलगाएत एक दर्जन प्रहरीको कारण प्रहरीको छवि बिग्रेको छ । उनीहरुको असुली धन्दाले स्थानीय त्राहिमाम बन्न पुगेका छन् । जिल्लामा व्यश्यावृती, जुवातास र तस्करी रोक्न प्रहरी असफल जस्तै बनेको छ । ट्राफिक प्रहरीमा समेत बेथिती बढिरहेको छ । ट्राफिक प्रहरीमा अन्यत्र दरबन्दि भएकाहरु नै हालीमुहाली गर्दै बसिरहेको देखिन्छ । सरुवा हुन केही महिना मात्रै बाकी हुँदा समेत जिल्लाका एसपी थापाले जिल्लामा चर्चित नामुद तस्करीहरुलाई कार्बाही गर्नुको साटो लाइन खुलाउने र असुली धन्दालाई बढावा दिने प्रहरीलाई पुरस्कृत गरेका छन् । जितेन्द्र धामीजस्ता प्रहरीहरु जो जुवाको खालको हजारौ रकम राजस्वमा बुझाउनुको साटो आफ्नै खल्तीमा राख्छन्,कतिपय यस्ता घुमुवाहरु छन् जस्ले लागुऔषधीका कारोवारीलाई समेत बार्गेनिङ्ग गर्दै बाटोबाटै रकम लिएर छाडीदिन्छन उनीहरुलाई एसपी थापाले कार्वाही गर्छन् या गर्दैनन् त्यो भने समयले नै बताउला । साँच्चै, एसपी थापा देश र जनताको सुरक्षार्थमा लागेकै हुन् भने यी बिवादित प्रहरीको अनुसन्धान गरी काबाही गर्नसक्नु पदर्छ । अन्यथा , प्रहरी प्रमुख थापाको बिषयमा प्रश्न चिन्ह खडा हुनु स्वाभाविक नै हो ।
यसैविच, प्रहरी प्रदेश नम्बर ३ का एआइजी केशरी घिमिरेको निर्देशनमा सौराहका सई दुर्गा कुँबरलाई बिवादित छवि बनाएको भन्दै त्यस क्षेत्रबाट हटाएका छन् भने उनको स्थानमा जिल्लाका सई त्रिभुवन शाहलाई खटाएका छन् ।

शसस्त्रमा पनि असुलीको रोग सल्कदै
सीमाक्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणको मुख्य जिम्मा सशस्त्र प्रहरीलाई छ । सीमाक्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण र सीमा संरक्षणका लागि पूर्वदेखि पश्चिमसम्म सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएका छन् । तर तिनै शसस्त्र प्रहरीका कतिपय अधिकारीहरु भने चोरी तस्करीलाई बढवा दिएर कमाउ धन्दामा लागेको घटना अब नौलो हुन छाडीसकेको छ । कहिले जिम्मेवार अधिकारी तथा कहिले सादा पोशाकमा खटाइने प्रहरीका कारण शसस्त्र प्रहरी विवादमा आइरहेको छ । तस्करी नियन्त्रणको सूचना लिनका लागि खटिने सादा पोशाकका सशस्त्र प्रहरी तस्करहरुसँग मिलेर उल्टै असुलीमा छन् । रुपन्देहीको भैरहवास्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत सादा पोसाकका सशस्त्र प्रहरी सुरेश यादव पनि असुलीमा लागेको खुल्नमा आएको छ । करिब ६ बर्षदेखि सिसुका रुपन्देहीमा कार्यरत उनको मुख्य जिम्मेवारी गौतम बुद्ध बिमानस्थलमा हुने गतिबिधिको सूचना लिने हो । तर उनी विमानस्थल भन्दा बढी समय मर्चवार र सीमा क्षेत्रमा हुन्छन् । उनी रुपन्देहीको मर्चवारबासी पनि हुन् । मर्चवारमा हुने तस्करीको उनी बिशेष जानकार पनि छन् । उनले आफूले पाएको सूचना कार्यालयमा पेस नगरी बार्गे्निङमा लाग्ने गरेका छन् । पछिल्लो समय उनी मर्चवारमा कुखुरा, कपडा, किराना, हार्डवेयर, मलखाद तस्करहरु सँग लाइन मिलाइदिने भन्दै बार्गे्निङ गरेर हिंडिरहेका छन् । जिल्लामा नयाँ एसपी आएसँगै अलमलको फाइदा उठाउन उनी बिमानस्थलमा पाएको जिम्मेवारी छाडेर रकम असुलीमा लागेका हुन् । पटक पटक सरुवा हुँदै आएका उनी माथिबाटै सोर्स लगाएर सिसुकामा बस्दै आएका छन् ।
चितवनका प्रहरी हवल्दार यादव प्रहरी प्रदेश नम्बर तीनमा तानिए ।
प्रहरी हवल्दार बिरेन्द्र यादवको बिषयमा निरन्तर  कलम चलाएपछि अन्ततः उनलाई पुनः प्रहरी प्रदेश नम्बर तीनमा तानिएको छ । झन्डै आठ बर्ष देखी मकवानपुरका विभिन्न क्षेत्रहरूमा बसेर दंगा मच्चाएका यादवको बिषयमा झन्डै दुई महिना अगाडि भण्डाफोर साप्ताहिकले आफ्नु दरबन्दी भएको क्षेत्र चितवनमा नगई बिगत नौ बर्ष देखी मकवानपुरमा राज गरेर बसे भन्ने खबर सम्प्रेषण गरेपछि हवल्दार यादवलाई तत्कालीन डिआइजी गणेश केसीले आफ्नु दरबन्दी भएको क्षेत्र चितवन पठाएका थिए । तर, पनि उनको असुली धन्दाले चितवनमा निरन्तरता पाएपछि एआइजी केशरी घिमिरेले उनलाई मकवानपुर तानेका हुन् । उनी गत् शुक्रबार दिउँसोको चार बजे मकवानपुर पुगेका हुन् ।