तीन पांङग्रे सवारीलाई चक्रपथमा निषेध ।

के, तपाईंले तीन पांङग्रे सवारीसाधन चक्रपथमा चलाउदै हुनुहुन्छ ? यदी त्यसो हो भने अब साबधान हुनुहोस् ! चितवनको भरतपुर महानगरपालिकाले यातायात व्यवस्थापनमा समस्या देखिएको भन्दै आउँदो असोज १ गतेबाट लागु हुने गरी चक्रपथमा तीन पांङग्रे सवारीलाई निषेध गर्ने निर्णय गरेको छ । महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीका अनुसार विरगञ्ज यातायात अञ्चल कार्यालयबाट अनुमति पाएर गएको जेठबाट जिल्लामा सञ्चालित तीनपाङग्रे सवारीलाई आगामी असोज १ गतेबाट लागु हुनेगरी चक्रपथमा निषेध गर्ने निर्णय भएको बताए । उक्त निर्णय अटेर गर्नेलाई सामान जफत गरी कारवाही गर्ने चेतावनी समेत दिईएको छ । ‘जेठ अघि नै आएका तीनपाङग्रे भने जोर विजोर प्रणालीमा चल्छन, पछि भित्रिएका अरु चक्रपथमा चल्दैनन,’ ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले भने । उनका अनुसार पटकपटक पत्राचार गरेर तीनपांग्रेलाई नपठाउन आग्रह गर्दा पनि जेठपछि धमाधम ती सवारी आएकाले यस्तो निर्णय गरिएको हो । चितवनको भरतपुर बसपार्क, वाईपास रोड, आँपटारी, नारायणगढ, चौविसकोठी, हाकीमचोक हुँदै यहाँ चक्रपथको रुपमा सवारी सञ्चालन हुन्छन् । महानगरपालिकाले बजार क्षेत्रको निश्चित स्थानमा पार्किङको व्यवस्था गर्ने, चक्रपथ भित्र जोर विजोर प्रणालीमा तीनपाङग्रे सवारी सञ्चालन गर्ने, अर्को व्यवस्था नभएसम्म ठेला व्यवसाय लाई कालोपत्रे सडक क्षेत्रमा राख्न नदिने, व्यापारी ले आफ्नो पसल भन्दा बाहीर सामान राखेर व्यवसाय गर्न नदिने, निर्णय भएको नगरपालिका ले जनाएको छ । यस्तै चितवनको पुलचोक क्षेत्रका लागि नारायणी किनारमा सवारी पार्किङ गर्नुपर्ने, लायन्स चोक आसपासका लागि गणेश चलचित्र हल पछाडीको खाली चौरमा र भरतपुर चौविसकोठीका सवारीहरुलाई भने चितवन माविको खाली जग्गा र जिल्ला प्रहरी कार्यालय अगाडीको चौरमा पार्किङको व्यवस्थापन गर्ने निर्णय भएको समेत नगरपालिकाले विज्ञप्ति मार्फत जनाएको छ ।