मुग्लिङ नारायणगढ सडकखण्डको ठाउँठाउँमा डिजिटल सूचना बोर्ड

चितवन÷ छिट्फुट पानी परिहाले लामो समयसम्म राजमार्ग अबरुद्ध हुने र अक्स्मात झर्ने पहिरोले ज्यान गुमाउनुपर्ने हुँदा मुग्लिङ नारायणगढ सडकमा यात्रु र चालकहरुलाई सधैं पिरोल्ने गर्थ्यो । उक्त सडक खण्ड नकटेसम्म यात्रु डरलाग्दो बाताबरण मा यात्रारर्त गर्न बाध्य हुन्छन् । कुन बेला के हुने हो यात्रु र चालक दुबै चनाखो हुनुपर्छ । तर, अब यस्तो समस्या यात्रु र चालक कसैले पनि ब्यहोर्नु पर्दैनन् । नारायणगढ( मुग्लिङ सडक आयोजना ले उक्त क्षेत्रमा पहिरो गएर बाटो बन्द छ वा खुला छ भन्ने जस्ता जानकारी दिनका लागी ठाउँठाउँमा डिजिटल सूचना बोर्डहरु राख्ने भएको छ । आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालका अनुसार यस्ता सूचना बोर्डहरु सात ठाउँमा राख्न लागिएको हो । एउटा सूचना बोर्ड राख्न २२ लाख रूपैयाँ खर्च हुने छ । अर्थात् सूचना बोर्डका लागि मात्रै एक करोड ५४ लाख रूपैयाँ खर्च भएको छ । पहिरो जाँदा लगातार ४३ घण्टासम्म बाटो बन्द भएको छ । खनालले भन्नुभयो स् अब देखि पहिरो झरेको छ वा छैन, खुल्ने सम्भावना कति बेला छ जस्ता सूचनाहरु लगातार राख्न मिल्ने भएका कारण यात्रुहरुलाई ठूलो राहत हुने आशा हामीले राखेका छौँ । नारायणगढ र मुग्लिङका साथै बुटवल र पूर्वमा पैथलैयामा सूचना बोर्ड राख्दा यात्रुहरुले त्यही अनुसारको योजना बनाउने छौँ । खनालले भने ,
‘सूचना बोर्ड राखेको ठाउँमा नै पुगेर सूचना अपडेट गर्नुपर्छ भन्ने छैन । इन्टरनेट भएको ठाउँ बाट मोबाइल फोन सेट वा कम्प्युटर मार्फत बोर्ड मा राख्ने सूचना जारी गर्न सकिन्छ’ । सातवटै बोर्डका लागि एकै खालको वा फरकफरक सूचना हरु राख्न मिल्ने सुविधा भएको खनालले बताए । बाटोको अवस्था के छ आयेजनाका अधिकारी हरुले इन्टरनेट भएको ठाउँबाट मोबाइल फोन सेट वा कम्प्युटरको मद्धतले बोर्डमा राख्नुपर्ने जानकारीहरु प्रवाह गर्ने छन् । ‘आयोजनाको काम सकिए पनि सूचना बोर्डहरु रहिरहने छन् । त्यो बेला पनि उपयुक्त सूचनाहरु राख्न काम लाग्ने छ’ इन्जिनियर खनालले भने । नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको बनाउन विस्तारको काम भइरहेको छ । सडक फराकिलो बनाउन ठाउँठाउँमा पहाड काट्ने काम भएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर हैरानी हुने गरेको छ । चैतमै प्रक्रिया सुरू गरेर चीनबाट बोर्डका सामग्रीहरु ल्याउन खोजिएको हो । तर, आउन समय लागेको छ । यस भन्दा अगाडि आयोजनाले काठमाडौं( नागढुंगा सडक खण्डमा समेत मा दुई महिनाअघि नै डिजिटल सूचना बोर्ड राखेको आयोजनाले नारायणगढ–आँपटारीमा मंगलबार मात्रै सूचना बोर्ड राखिसकेका छन् । अबको तीन दिनभित्र मुग्लिन र हेटौंडामा त्यसपछि नौबिसे, पथलैया र बुटबलमा पनि सूचना बोर्ड राख्ने आयोजनाले जनाएको छ ।