भरतपुर महानगरमा छिट्टै विशेष गुरुयोजना ः मेयर दाहाल

भरतपुर महानगरका प्रमुख रेणु दाहालले महानगरले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनासहित छिट्टै विशेष गुरुयोजना ल्याउन लागेको जानकारी दिएकी छन् । महानगरले बजार व्यबस्थापन, सडक तथा ढल निर्माण र यस क्षेत्रको समग्र विकासमा शहरी विकाश मन्त्रालय मार्फत २ अर्ब रुपयाँ खर्च गर्ने तयारी गरेको समेत उनले जानकारी दिईन् । महानगरपालिकाको प्रमुख–उपमप्रमुखमा विजयी भई सपथ लिएको  एक महिनाको समिक्षा गर्न पत्रकारहरुसंग गरिएको भेटघाट तथा अन्र्तक्रिया र्काक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् । भेटघाटमा महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहलाई पत्रकारहरुले भने मान सम्मान र अनौपचारिक कार्यक्रमहरुमा धेरै अलमलमा नपर्न सुझाव दिएका छन् ।  शुरुवाती समयमा मान सम्मान ग्रहणकै कार्यक्रममा बढी सहभागि भएको देखिएकोले सो क्रमलाई रोक्न प्रमुख दाहाल र उपप्रमुख शाहलाई चितवनका पत्रकारहरुले  सुझाव  दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस युनियनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारीका अध्यक्ष तीर्थ नेपाल, प्रेस सेन्टरका अध्यक्ष प्रकाश ज्ञवाली, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष नवराज ढकाल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष सूर्य बराल, जनजाति पत्रकार संघका अध्यक्ष संदिप श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष विनोदबाबु रिजाल, स्वतन्त्र पत्रकारका सुर्यप्रकाश कँडेललगायतका तीन दर्जन बढी पत्रकारहरुले महानगर बनाउनका लागि शुरुवाती चरणबाटै गलत प्रवृतिका व्यक्तिबाट टाढै रहनुपर्ने सुझाव दिएका थिए । पत्रकारहरुले जनप्रतिनिधी आएपछि महानगरमा केही सुधारको संकेत देखिन थालेको भन्दै ट्राफिक व्यवस्थापन, तरकारी तथा फलफुल बजारको व्यवस्थापन, अन्य व्यवसायीहरुको सहजीकरण र भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रमममा पत्रकारहरुको सुझाव सुनिसकेपछि महानगरका प्रमुख दाहालले संचारकर्मीहरुका लागि महानगरले विधि नै बनाएर पत्रकार महासंघ मार्फत विशेष सहयोग गर्ने प्रतिवद्धता जनाईन । उनले चितवनका मिडीया र पत्रकारहरुको हित र समग्र विकासको लागी आफु निरन्तर लागीपर्ने बताईन् ।  उपप्रमुख शाहले संचारकर्मीहरुले महानगरका काम र जनप्रतिनिधीलाई घचघच्याईरहनु पर्ने बताईन । सो कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य सृजना अर्याल, कृष्ण गिरीलगायत चितवनमा कार्यरत ४ दर्जन बढी पत्रकारहरुको उपस्थिती रहेको थियो ।