कलर्स मोवाईलको उपहार योजना ÷ शतप्रतिशत नगदफिर्ता पाईने


चितवन÷नेपाली ब्राण्डको मोबाईल कम्पनी कलर्स मोबाइलले चाडपर्बलाई लक्षित गर्दै एक पर्वोत्सव उपहार योजना १०० प्रतिशत नगद फिर्ता उपहार योजना ल्याएको छ ।
यो योजना अन्र्तगत कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु पी४५, पी५५ सेल्फी र पी ७० को खरीदमा लागू गरिएको कम्पनीले जनाएको छ । हरेक हप्ता ५० जना विजेताहरुको नाम उद्घाघोष गरिनेछ । जसले १०० प्रतिशत नगद फिर्ताका साथै कलर्स मोबाइलको तर्फबाट अन्य आकर्षक उपहारहरु प्राप्त गर्नेछन् ।
कलर्स मोबाइल नेपाली मोबाइलको बजारमा यसको आविष्कार–उन्मुख फोनहरु, सुपथ मूल्य र बिक्री पछिको सर्भिसका लागि चिरपरिचित रहँदै आएको छ । यसले गर्दा बजारमा कलर्स मोबाइलको विश्वसनीयता अझ मजबुत बनेको छ र ३० लाख ग्राहकहरु भएको गर्व छ कलर्स सँग र यो संख्या अझ बढ्ने क्रममा रहेको कम्पनिले जनाएको छ ।