वेश्यावृत्तिमा युवती लगाउनेमाथी मुद्धा दायर


चितवन÷वेश्यावृत्तिमा युवती लगाउनेलाई जिल्ला प्रहरी कार्यलयले मानव बेचविखनमा मुद्दा दायर गरेको छ । भरतपुर बसपार्क स्थित थापा होटलका संचालकलाई प्रहरीले मानव बेचविखन अन्तर्गत मुद्दा दायर गरेको हो । भण्डाफोर अभियान साप्तहिकले गत भाद्र १४ गतेको अंकमा नारायणगढको होटलमा वेश्यावृत्ति प्रहरी प्रशासन ले हप्ता असुलेको आशाकां भन्ने शिर्षकमा समचार प्रकाशन गरे सँगै चितवन प्रहरीको सक्रियता बढेको थियो । स्थानीय चौकी र घुमुवा प्रहरीले हप्ता असुलेकाले भरतपुर–नारायणगढ क्ष्ोत्रमा खुलेआम वेश्यावृत्ति मौलाएको विषयमा हामीले कलम चलाए लगत्तै चितवनका एस.पी दिपक थापाको निर्देशनमा प्रहरीले जिल्लाको जुगेडी देखि भरतपुर बसपार्क, नारायणगढ लगाएतका क्ष्ोत्रमा रहेका दजनौं होटलहरुमा छापा मारेको थियो । प्रहरीले केहि शंकास्पद होटलहरुमा सादा पोशाकका प्रहरीलाई ग्राहक बनाई समेत पठाएको थियो । गत १८ गते ग्राहक बनेर गएका सादा पोशाकका प्रहरीले थापा होटलका संचालक रमेश थापाले होटलको कोठामा युवतीहरुलाई राखी वेश्यावृत्ति गराईरहेको अवस्थामा उनी सहित ती युवतीहरुलाई प्रहरीले रँगेहात पक्राउ गरेको थियो । १८ गते पक्राउ परेका थापालाई १९ गते नै म्याद थप गरिएको चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । होटलमा युवती राखी वेश्यावृत्तिमा लगाउनेहरुको पहिचान भईसकेकोले आवश्यक अनुसन्धान भईरहेको छ । आवश्यक प्रक्रिया पुरा गरी पक्राउ गरेर कार्वाही गरिने एस.पी थापाले भण्डाफोरलाई बताए । थापा होटलका संचालक रमेश थापालाई मानव बेचविखन अन्तर्गत मुद्धा दायर गरिएको पनि एस.पी थापाले जानकारी दिए । यसै बिच जिल्लामा अन्य केहि होटलहरुले अझैं वेश्यावृत्ति गराई रहेको पाईएको छ । होटलवालाहरुले विश्वासिलो र आफ्नो नियमित ग्राहक आएपछि फोन गरेर युवतीहरुलाई बोलाईदिने गरेको समेत बुझ्नमा आएको छ । यता चितवनका होटलहरुमा प्रहरी छापा बढे सँगै वेश्यावृतिमा संलग्नहरुले गैडाकोटलाई सुरक्षित स्थानको रुपमा प्रयोग गरेको समेत खुलेको छ । गैडाकोट प्रहरी कार्यलयका आसपासका होटलहरुमा वेश्यावृती बढेको साथै जुवातासका अखडाहरु मौलाउदै गएपनि गैडाकोट प्रहरी किन बेखबर बनिरहेको छ ? गैडाकोटका  आमसर्बसाधरणले गैडाकोट प्रहरी चौकीका घुमुवाहरुको व्यबहारलाई समेत शंकास्पद रुपमा हेरिरहेको बुझिएको छ ।