नारायणगढ भरतपुरमा ब्यापक कर छलि

राजस्व कार्यालय मुकदर्शक,प्रमुख भन्छन कारबाही हुन्छ ।

चितवनको भरतपुर नारायणगढ, भरतपुरमा ब्यापक मात्रामा कर छलि भईरहेको पाईएको छ । महानगरको मुख्य बजार क्षेत्र नारायणगढ भरतपुरमा रहेका घर धनिहरुले ब्यापक मात्रामा घर बहाल कर छलि गरिरहेको पाईएको हो । मासिक रुपमा लाखौँ लाख घरबहाल कर छलि गरि रहेको भएपनि आन्तरिक राजस्व कार्यालय भरतपुर भने मुक दर्शक बनि बसिरहेको छ । यसरी घर बहाल कर छल्नेहरुमा आफूलाई बरिष्ठ समाजसेवी भन्ने र प्रशासनिक एवं राजनितिक पहुँच भएकाहरु नै बढि रहेको समेत भेटिएको छ । नारायणगढ भरतपुरमा रहेका विभिन्न नामका दर्जनौँ मार्केटहरु  डिपार्टमेन्टल स्टोर्सहरु, विभिन्न गाडि तथा सटर र गोदामहरुको बास्तविक भाडा मूल्य भन्दा दशौँ गुना कम बहालकर तिर्ने गरेकोले मासिक रुपमै लाखौँ बहाल कर छलि हुने गरेको हो । ब्यवसायी सँग एक लाख भाडा लिने घरधनिले स्वंम ब्यवसायीलाई घरबहाल कर तिर्न लगाउँछन् त्यो पनि ५÷१० हजारमा भाडा सम्झौता भएको नक्कली कागजको आधारमा त्यसको दश प्रतिशत मात्र हामी ब्यवसायीलाई तिराउछन् । हामीले केही बोल्यो भने ठाउँ खाली गर भनि दबाब दिन्छन् चलिरहेको ब्यवसायलाई विस्थापित गर्ने चाहाना कस्को हुन्छ र ?एक ब्यवसायीले भने । उनले अगाडि थपे राजस्व कार्यालयले पनि घर धनिसँग बहालकर लिनुको सट्टा हामीलाई जर्बजस्ती पेल्छन् उनीहरु गर्न सक्दैनन् कसलाई के भनु उनले भने । हुन पनि भरतपुर नारायणगढका घर धनिहरु मध्य कयौँको नारायणगढ बजारमा एउटै सटरको ५० हजार सम्म भाडा लिईरहेका छन् जसको बजार क्षेत्रमा मात्रै दर्जनौ घर तथा भवनहरु छन् । तर उनीहरुले समेत न्यून बहालकर तिरी सजिलै उम्किरहेका छन् । हामी सँग कुरा गर्दै उनिहरुलाई राजस्व कार्यालयले किन कार्वाही गरी यर्थाथ बहालकर असुल्न अनेक दुःख दिने आन्तरिक राजस्व कार्यालयले मासि लाखौँ लाख बहाल कर छल्ने घर धनिहरुलाई कार्बाही गर्न के ले रोकेको छ ? अर्को एक ब्यवसायीले आक्रोशित हुँदै भने । भरतपुरमा रहेका साँघाई प्लाजले प्रति सटर ब्यवसायीबाट ५० हजार सम्म लिईरहेको बुझ्नमा आएको छ । तर त्यही प्लाजा सञ्चालहरुले राजस्वमा बहालकर वापत तिर्नुपर्ने कर लिएको भाडाको दश प्रतिशत नतिरेको पाईएको छ । यस विषयमा सँघाई प्लाजाका सञ्चालकहरु सँग बुझ्न खोज्दा उनीहरु सँग सम्पर्क हुन सकेन । यता नारायणगढका घर धनिहरुले पनि ब्यापक मात्राम घर बहाल कर छलि गरे पनि आन्तरिक राजस्व कार्यालय किन मुकदर्शक बसिरहेको छ । सन्देहको विषय बनेको छ ।

यसै विच नारायणगढ भरतपुर लगायत चितवनका बजार क्षेत्रमा ब्यापक मात्रामा घरबहाल कर छलि भईरहेको कुरा आईरहेको छ । यसमा राजस्व कार्यालय के हेरी बसि रहेको छ ?भनि हामीले आन्तरिक राजस्व कार्याल्इ भरतपुरका प्रमुख थान प्रसाद पंगेनीलाई सोधेका थियौँ । जवाफमा उनले हामीले अनुसन्धान गरिरहेका छौ, हामी घर बहाल कर छलि गर्नेहरुलाई कानुनी दायरामा ल्याई कार्बाही गछौँ त्यसको लागि तयारी भईरहेको छ। हिजो अस्ती के गरे त्यो अर्को कुरा हो अहिले जो जसले बहाल कर छलि गरेका छन् तिनीहरुलाई कार्बाही गरे।ै छाड्छौँ । प्रमुख पंगेनीले भने । यसरी नारायणगढ भरतपुर बजार क्षेत्रमा भईरहेको बहालकर छलि गर्नेहरुलाई कार्बाही गर्न ढिला गर्दा बार्षिक करोडौँ राजस्व चुहावट भई रहेको छ । यस विषयमा हामी आगामी दिनमा थप खोज गदै जानेनै छौँ ।