वार्षिकोत्सवको अवसरमा नारायणी बराहदवारा रक्तदान

धरानमा मूख्य कार्यालय रही देशविदेशमा दजर्नौ शाखा रहेको बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.को २३ औं तथा नारायणी बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.नारायणगढको पहिलो वार्षिकोत्सव समारोह चितवनमा मनाइएको छ । वार्षिकोत्सव अन्तर्गत आईतबार नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मुलुकको पछिल्लो परिस्थितिमा रगतको अभाव हुन सक्ने आँकलन गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा १९ जना महिलासहित १ सय ९ जनाले रक्तदान गरेका थिए् । कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम प्रमुख अतिथि, नेपाल सुनचाँदी ब्यवसायी संघ चितवनका अध्यक्ष जीवन ज्योती सदा शंकर, बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष शिवकुमार लामिछाने, प्रा.लि.का संस्थापक सञ्चालक  बिष्णुमाया लामिछाने एवं प्रा.लि.का धरान प्रमुख मानबहादुर दियाली बिशिष्ठ अतिथि रहेका थिए ।
रक्तदान पछि नारायणी बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.ले आईतबार  साँझमै भरतपुरमा रहेको मानव सेवा आश्रमा रहेका असहाय तथा अनाथहरुसंग केक तथा खाना खुवाएर वार्षिकोत्सव मनाएका थिए । नारायणी  बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.नारायणगढका प्रमुख शरण लामिछाने ले सस्ँथाले आगामी दिनमा सामाजिक एंव मानविय क्षेत्रमा थप काम गर्दै जाने जानकारी दिए । रक्तदान कार्यक्रम नारायणी बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.नारायणगढका प्रमुख शरण लामिछानेको  अध्यक्षतामा सम्पन्न भएको हो ।