अबैध सामान बिक्री गर्ने एक भारतीय पक्राउ


मट्टितेलमा अबैध केमिकल मिसाई तारपिन तेल भन्दै बिक्री गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।े भारत घर भइ हाल भरतपुर महानगरपालिका वडा नम्बर ३ मा अवैधानिक रुपमा तारपिन तेल बनाइ बिक्री गर्दै आएका सत्यम कुसवाहलाई  जिल्ला प्रशासन कार्यालय चितवनको बजार अनुगमन टोलीले प्रहरी मार्फत नियन्त्रणमा लिएको हो ।
विना स्विकृत पसल सञ्चालन गर्दै आएका कुसवाहको पसलबाट केमिकल राखी बनाइएको सय बोतल तारपिन तेल र बेच्नका लागि तयार पारिएको एक कार्टुन तेल समेत बरामद गरिएको छ । उनले तीन महिनादेखि विना स्वीकृत पसल सञ्चालन गरि अवैध तारपिन तेल बिक्री गरेकाले नियन्त्रणमा लिएको बजार संरक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिए ।
अरु अवैध केमिलकल राखि बनाइएको तारपिन तेल र मट्टितेल पसलमा नै सील गरिएको उनले बताए । कुसवाहले कैलाश आयाल नारायणगढबाट ड्रममा मट्टितेल खरिद गरि दुई नम्बरको तारपिन तेल भनि गैरकानुनी रुपमा बिक्री वितरण गर्दै आइरहेको पाइएकोले कुसवाहलाई हिरासतमा राखिएकोे अधिकृत शर्मालृे जानकारी दिए ।