राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने


साउन २४
चितवनमा सर्वाधिक राशिको राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने भएको छ । नारायणगढ जेसीसको आयोजनामा आगामी भदौ १० देखि १९ गते सम्म पहिलो इ प्लानेट जेसीजक कम आयोजना हुन लागेको हो । खेल नारायणगढ क्याम्पाचौरमा हुने भएको छ । खेलको विषयमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
नेपाल आर्मी, शसस्त्र र पुलिस गरी ३ विभागीय टिम, फे्रन्डस क्लव, हिमालयन शेर्पा र क्षेत्रीय स्तरका चितवन–११, झापा–११, पोखरा–११, विजय युथ हेटौडां क्लव प्रतियोगितामा सहभागी हुने नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुनेले ३ लाख ५० हजार रुपैयाँ र द्धितिय हुनेले १ लाख ७५ हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको वेस्ट गोल किपर, म्यान अफ दि सिरीज, हरेक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने कार्यक्रम संयोजक अमृतकुमार श्रेष्ठले जानकारी दिए ।
करिव ४७ लाख खर्चमा प्रतियोगिता गर्न लागिएको हो । खेल विकास सँगै कुरिनटारमा जेसीसद्धारा निर्मित भूकम्प पीडितको लागि १४ वटा घर परिवारको शैक्षिक, आर्थिक विकासमा रकम खर्च गरिने आयोजकले जनाएको छ । खेलको मुख्य प्रायोजकमा इ प्लानेट शैक्षिक परामर्श केन्द्र नारायणगढ रहेको छ ।