अधिकांश प्रहरीको असुली धन्दा अझै रोकिएन

डिआइजी केसीले कार्वाही गर्न आलटाल गरेको स्थानीयको गुनासो ।


चितवन । नेपाल प्रहरीको असुली धन्दा बारे हामीले पटकपटक शृङ्खलाबद्ध ढंगले खबर सम्प्रेषण गर्दै गईरहेका छौँ । जसरी , हामीले खबर सम्प्रेषण र्गयौं त्यत्तिकै संख्यामा केही प्रहरीलाई बिभागीय कार्वाही समेत भयो । केहीलाई नसिहेत पनि दिईयो र निलम्बन पनि भयो तर, दुर्भाग्य प्रहरी संगठन अझै सुध्रिन सकेका छैनन् । गत, जेष्ठ २१ गतेदेखि भण्डाफोर  साप्ताहिकले चितवनबाट गरेको स्थलगत रिपोर्टिङको क्रममा असुलीमा सक्रिय दर्जनभन्दा बढी प्रहरी लाई कार्वाहीको दायरामा ल्याउन सफल भएको छ भने केही कार्वाहीको प्रक्रियामै छन् । तथापि , साउन २३ गतेसम्म आईपुग्दा भने केही हदसम्म प्रहरीको असुली धन्दा रोकिए पनि सोचेअनुसार को कमी भने आउन सकिएको छैनन् । गत, शुक्रबार देखी भण्डाफोर साप्ताहिकले पुनः प्रहरीको असुली धन्दालाई खोतल्ने प्रयास गरेको छ । प्राप्त गोप्य जानकारी अनुसार पटकपटक कार्वाहीमा परिसकेका ब्यक्तिलाई डिआईजी कै संरक्षणमा पुनः घुमुवा प्रहरीको जिम्मेवारी दिएको र घुमुवा प्रहरी माथि निगरानी गरियोस् भनी आएको उजुरी लाई समेत क्षेत्रीय प्रहरी कार्यालयले गम्भीरता नलिएको आनाकानी गरेका छन् । त्यस्तै , बिवादित जिल्लामा घुमुवा प्रहरी नै नराख्नु भनी केसीले दिएको निर्देशनलाई समेत अधिकांश प्रहरीले मानेका छैनन् । यतिसम्म की घुमुवा प्रहरी छैनन् भन्ने अनि पोशाक मै पैसा असुल्ने गरेको समेत पाइएको छ । एक प्रहरीले नाम नबताउने सर्तमा भने , डिआइजी केसीको निर्देशनलाई स्वीकार गरे जस्तो गर्दै घुमुवा प्रहरी चाहिँ नराख्ने अनि भित्रभित्रै भने पैसा असुल्ने गरेको खुलासा पारिदिए । यसरी पैसा असुल्नेमा बारा जिल्लामा मात्रै एक प्रहरी नायब निरीक्षक सहित दुई प्रहरी सहायक निरीक्षक छन् । सर्लाहीमा एक जना प्रहरी जवान छन् भने नारायणी अञ्चलमा एक प्रहरी जवान र एक प्रहरी हवल्दार छन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा ६ जना घुमुवा पैसा असुल्नैका लागी खटिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी यज्ञविनोद पोखरेलको दादागिरी बढेको छ । पोख्रेलले सई रुद्र कँडेल को नेतृत्वमा ६ जनाको घुमुवा टोली परिचालित गरेको छ । निज कँडेलको नेतृत्वमा हवल्दारहरू प्रमोद सिंह, श्याम सिंह, जितेन्द्र महतो, फिरोज मन्सुर मिया, सिपाही राजमंगल सिंह र अबोध मण्डल घुमुवाका रूपमा परिचालित छन् । गौर भन्सार चेकपोष्टको प्रमुखका रहेका सई रुद्र कँडेल अहिले रौतहटको घुमुवा इन्चार्जका रूपमा परिचालित छन् । कंडेललाई भण्डाफोर साप्ताहिकले तपाई सित केही जरुरी कुरा गर्नु छ भन्दा म सित केही कुरा छैनन् जे जे हो एसपी सित बुझ्नु होला भन्दै हकारेका थिए । उता , सिन्धुलीमा दरबन्दी भएका प्रहरी जवान राजमंगल सिंह पनि घुमुवा बसेर पैसा कुम्ल्याउने पात्रमा पर्छन् । उनी माथि अनुसन्धान भईरहेको चाल पाएपछि रौतहटका प्रहरी उपरीक्षक पोख्रेलले मोबाईल बन्द गरेर राख्न अनुरोध गर्दै उनलाई तीन साताको लागी लामो बिदा दिएका छन् । एसपी पोख्रेलले घुमुवा बसेर आतंक गरेका सिंहलाई सरुवा हुनुभन्दा अघिल्लो दिनदेखि नै बिदामा बसेको देखाउनका लागी मिति नै खाली राखेर बिदा स्वीकृत दिएको देखिन्छ । यसबारे प्रतिक्रिया लिन खोज्दा आरोपित कुनै पनि घुमुवा प्रहरी हाम्रो सम्पर्कमा आउन चाहेनन् । त्यस्तै , रौतहटका प्रहरी उपरीक्षक पोख्रेल बोल्न मानेका थिएनन् भने , आरोपित सिंहको मोबाईल अहिले स्विचअफ छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय भरतपुरमा पनि असुली धन्दा बढेको बढ्यै छ । प्राप्त गोप्य सूचना अनुसार चितवनमा प्रहरी हवल्दार रामप्रवेश यादवलाई क्षेत्रले कार्वाही गरेर भिमफेदी पठाएपछि अहिले प्रहरी निरीक्षक जय नारायण यादवको कमान्डमा जुगेडीका प्रहरी सहायक निरीक्षक अक्ष्य कुमार साह , प्रहरी जवान ठगेन्द्र पाण्डे , प्रहरी सहायक निरीक्षक जितेन्द्र सिंह घामी , प्रहरी जवानहरू अजय कटेल , मोहन थापा र निशान लामिछानेले प्रहरी निरीक्षक यादव को लागी पैसा उठाउने गरेका हुन् । मिथलेश चौधरीले भने आफूखुशी पैसा उठाउने गरेका छन् । उता , अञ्चल प्रहरी कार्यालयका प्रहरी हवल्दार रामबाबु यादवको दरबन्दी प्रहरी चौकी सालुराम रामेछाप हो भने , प्रहरी जवान रामजी कुर्मीको दरबन्दी ईलाका प्रहरी कार्यालय गितानगर चितवन हो । तर , उनीहरु पनि अहिले नारायणी अञ्चलका वरिष्ठ प्रहरी उपरीक्षक सूर्य उपाध्यायको लागी काम गर्ने गर्छन् । उनीहरु उपाध्यायको लागी लामो समय देखि तस्करी गर्ने देखि झोले पोके ब्यापारीहरुबाट पैसा उठाउने गरेका छन् । प्रहरी हवल्दार यादवले हप्काउदै भने , तपाईंलाई म यहाँ बसेर किन टाउको दुख्यो ? मलाई मात्रै किन हेर्नू हुन्छ ? अञ्चल प्रहरी कार्यालयमा ५० जना प्रहरी आफ्नु दरबन्दी भएको क्षेत्रमा गएका छैनन् , सबैलाई पठाउन सक्नुहुन्छ ? मलाई मात्रै किन खेद्नु हुन्छ भन्दै प्रश्न गरेका थिए । भने, अर्का प्रहरी जवान कुर्मीले भने फोन उठाएका थिएनन् । उता, पटकपटक कार्वाहीमा परेर रेकर्ड तोड्न सफल भएका प्रहरी हवल्दारलाई पुनः घुमुवा प्रहरीको जिम्मेवारी दिएको पाइएको छ । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले बारम्बार कारवाहीमा परेका प्रहरी हवल्दार गगनदेव भगत मालीलाई गत, श्रावण दस गते मंगलबारदेखी पुनः घुमुवा प्रहरीको जिम्मेवारी सम्हाल्न सर्लाही पुगेपछि क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरमा खैलाबैला मच्चिन थालेको छ । तत्कालीन डिआइजी पशुपति उपाध्यायले हवल्दार गगनदेव भगत मालीलाई क्षेत्रीय प्रहरी कार्यालयमा तानेर नसिहत दिदै धादिङमा लखेट्न सफल भएको अवस्थामा पनि पुनः घुमुवा प्रहरीको जिम्मेवारी केका आधारमा दिइयो भन्दै कौतुहल्ता बढेको हो । त्यस्तै , जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी सहायक निरीक्षक जयगोविन्द राउतको पनि असुली धन्दा यथावत नै रहेको पाइएको छ । राउतले यहाँका पोके ब्याबसायी र अन्य ब्याबसायीलाई दुस्ख दिने , सामान पक्राउ गरिदिन्छु भन्दै धम्की दिँई रकम असुल्ने र  हाकिम लाई पैसा बुझाउनुपर्छ भन्दै यहाँका स्थानीय ब्यापारी सित जथाभावी पैसा उठाउदै हिंडेका छन् । बाराको वीरगञ्ज भन्सार भनेर चिनिने मुसरहर्वा्स्थित चौकीमा एक वर्ष बसेका उनले तस्करी सित पैसा उठाई अहिले रौतहटको शीतलपुरमा समेत जमिन खरिद गरेका छन् । रौतहटको शीतलपुर बर्गे्नियामा जन्मेका राउतले सिपाहीमा प्रवेश गरेदेखि नै अधिकांश समय बारामा नै बिताएका राउतले डेढ महिना अगाडि मात्रै वीरगञ्जमा ८० लाखको घडेरी किन्न सफल भएका छन् भने तस्करहरू सँग जथाभावी पैसा असुलेर नयाँ पल्सर मोटरसाइकल समेत किन्न सफल भएका छन् । त्यस्तै , इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक जय कृष्ण प्रसाद कुर्मीले अझै पनि पोके ब्यापारी र स्थानीय सित जथाभावी पैसा असुल्ने गरेका छन् । भण्डाफोर साप्ताहिकले गरेको स्थलगत रिपोर्टिङका क्रममा कुर्मीले ब्यापारी र तस्करीहरु संग अबैध सम्बन्ध गासेर जथाभावी पैसा असुल्ने गरेको पाइएको हो । उनै कुर्मीका कारण यहाँका व्यवसायीहरू आतंकित बन्न पुगेका छन् ।
त्यस्तै , बारा गञ्जभवानीपुरका प्रहरी सहायक निरीक्षक राजेश जयसवालका कारण यहाँका स्थानीय त्रसित बन्न पुगेका छन् । सिन्धुलीमा दरबन्दी भएका जयसवालले त्यहाँ दुई महिनामात्रै बसेर पुनः बारामा आएका हुन् । शक्तिकेन्द्रलाई रिझाएकै कारण उनी लामो समयदेखि बारा र पर्साको घुमुवामा बस्दा मात्रै दिनचर्या कटाउन सफल भएका ब्यक्ति हुन् । जयसवालको अनियमितता बारे जिल्लाका प्रहरी प्रमुख नरेन्द्र उप्रेतीदेखि तत्कालीन डिआइजी पशुपती उपाध्याय सम्मलाई अवगत गराएपनि अनुचित लाभ लिनैका लागी उनलाई कसैले कार्वाही गर्न सकेका थिएनन् । झन्डै एक बर्ष अघि गण्डकमा प्रमुख भई बसेका असई जयसवालले यहाँका तस्करी ब्याबसायी संग पनि अबैध पैसा असुलेर मोटाएका थिए । माथि उल्लेखित सबै विरुद्ध पटकपटक मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौँडा , क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा , प्रहरी प्रधान कार्यालय नक्साल , गृहमन्त्रालय र हेल्लो सरकार मा आवश्यक छानबिन हुनुपर्छ भन्दै उजुरी परिसकेको भए पनि कहिँ कत्तैबाट पनि कुनै सुनुवाइ नभएको एक उजुरीकर्ताले बताए । घुमुवा प्रहरीका कारण प्रहरी संगठन नै पटकपटक बदनाम हुँदै गएको अवस्थामा पनि घुमुवा प्रहरी विरुद्ध कुनै अप्रेसन चलाउन नसक्नु दुस्खद भएको कार्यालयकै कर्मचारीले बताए । उनका अनुसार   असुली धन्दाले झन्झन् प्रस्रय पाइरहेको समेत खुलाए । यता , क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका डिआइजी गणेश केसी भन्छन् स् सूचना संकलनका लागी घुमुवा प्रहरी राख्न पाइन्छ तर, तस्करहरु संग अवैध सांगगाठ राखी ब्यापारी र अन्य पोके ब्याबसायी संग गैरकानुनी ढंगले सेटिङ मिलाएर रकम असुल्न पाइदैन । यो नियमबिपरित हो । तसर्थ , यस्तो भेटिएमा कानुन अनुसार कार्वाही हुन्छ । डिआइजी केसीले भन्नुभयो स् आएको गुनासोको अनुसन्धान भईरहेको छ । ढिलो चाँडो कार्वाही गर्छौं । यस्मा शंका नगर्नुस् ।

प्रहरी हुँ भन्दै पैसा असुल्ने मण्डल पक्राउ ।

आफूलाई प्रहरी बताउदै धम्काउदै विभिन्न व्याक्ति हरुसंग रकम असुल्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा प्रहरीले एक युवकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई गाँउपालिका २ डकैला बहुअरी घर भएका २४ वर्षीय विनोद मण्डल रहेका छन् । मण्डलले यसअघि पनि आफूलाई प्रहरी निरीक्षक बताएर तस्करीको लाइन खोली दिने भन्दै विभिन्न व्याीक्तबाट रकम असुलेको प्रहरीको भनाइ छ।
पक्राउ परेका मण्डलललाई आतवार जिल्ला प्रहरी कार्यालय पर्सामा सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले मण्डलको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । मण्डलले
वीरगन्जको रजत जयन्ती चोकमा शनिबार दिउँसो हैटौँडा उपमहानगरपालिका १० का दिपशन खरेल र किरण कार्की सवार ना ३७ प ४९१० नम्बरको मोटरसाइकल रोकेर मण्डलले आफू सादा पोशाकमा खटिएको प्रहरी भएको भन्दै ती दुवै युवकको शरीर खानतलाशी गरी लाइसेन्स, ब्लुबुक र दुई सय २० रुपैयाँ खोसेर एक लाख रुपैयाँ दिए पछि मात्र छोड्ने बताएपछि घट्ना बाहिरिएको हो ।