अवैध पैसा असुल्न नपाएपछि मुद्दा हाल्ने धम्की


चितवन÷भण्डाफोर अभियान साप्ताहिकका चितवन संबाददाता एंव क्राईम ब्यूरो प्रमुख प्रनिश थापालाई ईलाका प्रहरी कार्यालय मुर्गीया रुपन्देहीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले टेलिफोन मार्फत दुब्यबहार गरेका छन् । खबर संकलन गर्ने क्रममा थापालाई गएराती बन्जाडेले टेलिफोन मार्फत साइबर क्राइम अन्तर्गत मुद्दा हालिदिन्छु भन्दै धम्की दिएका हुन् । संबाददाता थापाले तपाईं विरुद्धमा त्यहाँका स्थानीयले धेरै जनगुनासो गरेका छन् ।     विभिन्न शिर्षकमा स्थानीय र पक्राउ परेका ब्यक्तिहरु संग गैरकानुनी र अवाञ्छित ढंगले पैसा उठाएर जनतालाई त्राहिमाम पार्दै हुनुहुन्छ भन्ने गुनासो आएको छ नी, के हो बास्तबिकता भनी जिज्ञासा राख्दा प्रहरी निरीक्षक बन्जाडेले खबरको खण्डन् गर्नुको सट्टा उल्टै खबर प्रकाशित गरे राम्रो नहुने र साइबर क्राइम अन्तर्गत मुद्दा हालिदिन्छु भनी धम्क्याएका हुन् ।     यस अगाडि पटकपटक आफूलाई भेट्न अनुरोध गरेका प्रहरी निरीक्षक बन्जाडेलाई संबाददाता थापाले आफूले घुस्याहा र चरीत्रहिन कसैसँग पनि सम्झौता नगर्ने र कुनै हालतमा पनि नभेट्ने भनेपछि उनले धम्काएका हुन् । उता, रौतहटमा कार्यारर्त अर्का प्रहरी हवल्दार स्याम साहले समेत भण्डाफोर साप्ताहिकर्मी थापालाई मुद्दा हालिदिने धम्की दिएका छन् । महत्तोले गत साउन २४ गते भण्डाफोर साप्ताहिकको अन्तिम पृष्ठमा प्रहरीको असुली धन्दा अझै रोकिएन, डिआइजी केसीले कार्वाही गर्न आलटाल गरेको स्थानीयको गुनासो भन्ने शिर्षकमा प्रकाशित समाचारलाई लिएर मुद्दा हालिदिने चेतावनी दिएका हुन् । यस बारे रौतहटका एसपी यज्ञबिनोद पोख्रेललाई सम्पर्क गर्दा उनको फोन उठेन भने प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाको मोबाईल स्विच अफ थियो । उता, रौतहटका एसपी यज्ञबिनोद पोख्रेलको संरक्षणमा २० दिन लामो बिदामा बसेका साह भारत गएर आइतबार मात्रै नेपाल फर्केका थिए । सोमबार बल्लतल्ल हाम्रो सम्पर्कमा भएका साहले भण्डाफोर साप्ताहिककर्मी लाई धम्काएका हुन् । स्मरण रहोस् भण्डाफोर साप्ताहिकले बिगत केही महिना यता प्रहरी संगठन भित्र भइरहेको अनियमितता र अवाञ्छित गतिविधिको निरन्तर पर्दाफास र छताछुल्ल पार्दै आईरहेको छ भने यहि सिलसिलामा मध्य क्षेत्रीय प्रहरी कार्यालय मातहतमा रहेका जिल्लामा आफ्नो पदिय मर्यादा बिपरित कार्य गर्ने ५५ जना भन्दा बढी प्रहरीलाई कार्वाही गराउन समेत सफल भएको छ ।  अझै केही अनुसन्धान को घेराभित्र रहेको मध्य क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश केसीले बताए