प्रहरी प्रशासन पिडितमैंत्री नरहेको गुनासो


सुर्य बराल
चितवन÷जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा सोमबार भरतपुरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरीले ३–३ महिनामा आफुले गरेका कामहरुको जानकारी गराउने र स्थानीयहरुको गुनासा सुन्ने उद्देश्यले सो कार्यक्रम गर्ने गरेको जनाएको छ । सोही कार्यक्रममा बोल्दै चितवनको प्रहरी प्रशासन पिडितमैंत्री नरहेको स्थानियहरुले गुनासो गरेका छन् । विशेषगरि मुद्धा शाखामा सेवाग्राहिलाई प्रहरी कर्मचारीले उल्टै थर्काउने,घुमुवाहरुमार्फत रकम उठाउने र सर्बसाधरणलाई दुःख दिने गरेको सेवाग्राहिहरुले वताएका हुन् । कार्यक्रममा बोल्ने स्थानियले प्रहरी कर्मचारीहरु बाटै महिलाहरु माथि दुव्र्यवहार हुने गरेको वताएका छन् । त्यस्तै चितवनको मुख्य शहर नारायणगढ र भरतपुरमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको स्थानियले गुनासो गरेका छन् । त्यस्तैअनुसन्धानको नाममा प्रहरीले दोषी प्रमाणित नहुदै अपराधीको जस्तो ब्यबहार गर्ने गरेको गुनासा गरेका छन् । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले चितवनको ट्राफिक व्यवस्थापन चुस्त पार्दै यहाँबाटै सवारी चालक अनुमति पत्र प्रदान गरिनुपर्ने बताए । साना सवारी साधन धेरै हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेकोले महानगरपालिका र प्रहरीले यसतर्फ ध्यान दिनुपर्ने स्थानीयले गुनासो गरेका छन् । होटल व्यवसायी संघ चितवनका सचिव देवेन्द्र पौडेलले नारायणगढ मुग्लिङसडकका कारण यहाँ पर्यटक आगमनमा कमी आएको कारण राति ११ बजेसम्म होटल खोल्ने वातावरण तयार गर्न आग्रह गरे ।
कार्यक्रममा राजनितिककर्मी तथा महिला अधिकारकर्मी अम्बिका मुडबरीले चितवनमा आत्महत्याको दर बढ्दै गएकोले यसको नियन्त्रणको लागि प्रहरीले तदारुकता देखाउनुपर्ने बताइन् । होटल व्यवसायी संघ चितवनका सचिव देवेन्द्र पौडेलले नारायणगढ मुग्लिङ सडकका कारण यहाँ पर्यटक आगमनमा कमी आएको कारण राति ११ बजेसम्म होटल खोल्ने वातावरण तयार गर्न आग्रह गरे ।
कार्यक्रममा कास्की पोखराका ईन्द्र पौडेलले साईबर क्राईमको नाममा प्रहरीले आफुमाथी अन्याय गरेको दुःखेसो पोख्दै उनले भने निर्दोष भनि प्रमाणित भईसकेको अवसथामा पनि आफुसगं प्रहरीले गैरन्याmिभस्यक १लाख ६६ हजार रुपँया रकम लिएको तर हालसम्मपनि फिर्ता नदिएको गुनासो गरे । नागरिक सुनुवाईमा उठेका गुनासाहरु सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले जिल्ला प्रहरीको कार्यप्रति असन्तुष्टि राख्ने अहिले सम्म कोहि नरहेको वताएका छन् । प्रहरीको कार्य प्रति असन्तुष्ट हुने पक्षले अदालतमा रिट दायर गर्न सक्ने भन्दै उनले बन्दि प्रत्यक्षीकरणको रिट अहिले सम्म नपरेको जानकारी दिए  । प्रहरी उपरीक्षक थापाले स्थानीयको गुनासाहरुलाई मध्यनजर गर्दै तत्काल प्रहरीले आफ्नो भूमिका चनाखो रुपमा निर्वाह गर्ने बताए । प्रहरी मेरो साथीलाई निरन्तरता दिई जुवातास, अवैध घरेलु मदिरा नियन्त्रण, सवारी चेकजाँच तथा मापसे अभियानलाई कडाईका साथ नियन्त्रण गरिएको थापाले बताए ।
प्रहरी ऐन २०१२, सरकारी मुद्दा ऐन २०४९ अन्तर्गत रही कुनैपनि गैरकानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याई कारवाही गर्न प्रहरी प्रतिवद्ध रहेको समेत थापाले बताए । नागरिक सुनुवाई कार्यक्रममा मात्र नभई अन्य समयमा पनि प्रहरीलाई घटना, दुर्घटनाको सूचना दिएमा प्रहरीले तत्काल सुरक्षा प्रत्याभुति दिने समेत थापाले प्रतिबध्दता गरेका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममना बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टले नागरिकको आशाको केन्द्र प्रहरी प्रशासन हुनुपर्ने वताए ।प्रहरी पैसा र प्रेसर को पछि नलागी आफ्नो कर्तब्यमा लाग्नुपर्ने बताए । चितवन सुधार मार्ग चित्र अभियानको कार्यान्वयन चरणमा रहेको वताउंदै उनले अपराधिले टाउको उठाउन नपाउने गरि सुरक्षा व्यवस्था मिलाउन समेत आग्रह गरे ।
स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु र सञ्चारकर्मी लगाएतका स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले मुख्यगरी अपराध अनुसन्धान र घरेलु हिंसाका घटना तथा क्षमता भन्दा बढी यात्रु राखेर सार्वजनिक सवारी संचालन भईरहेकोले सो तर्फबाट प्रहरीले निगरानी गर्नुपर्ने बताएका थिए ।
प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले स्वागत तथा कार्यक्रममाथी प्रकाश पारेको सो कार्यक्रम सामुदायीक सेवा केन्द्रकी अध्यक्ष मिना खरेलको अध्यक्षतामा भएको हो ।