प्रहरीले नै चढे चोरीको मोटरसाइकल


शान्तिसुरक्षा नियन्त्रणमा लिने नेपाल प्रहरीले नै चोरीको मोटरसाइकल चढ्दै हिंड्छन भन्दा तपाईं  जोकोहीले पनि सहजै पत्याउनु हुन्न होला तर, यथार्थ यहीँ नै हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हकमा यस्तै प्रकृतिको दृश्य देखापरेको छ । आफ्नु दरबन्दी भएको ठाउँमा नगई झन्डै झन्डै ८ बर्ष देखी घुमुवा प्रहरीमा बसेर अनुचित लाभ लिन खोज्ने प्रहरी हवल्दार बिरेन्द्र यादवको समाचार भण्डाफोर साप्ताहिकले प्रकाशीत गरे संगै क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका डिआइजी गणेश केसीले चितवनमा रमाना दिएर पठाएका थिए । दसदिन देखिको औपचारिक बिदा लिएर घर गएका उनले हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरले बरामद गरेको ना ३८ प ३५८ नम्बरको बजाज कम्पनीको १५० सिसिको मोटरसाइकल चढेर हिंड्ने गरेका छन् । उक्त चोरीको मोटरसाइकल निज यादवले आफ्नु निवास बिरगंजको मिर्जापुरमा लगेका छन् । उनले चोरीको मोटरसाइकल चढेको सन्दर्भमा भण्डाफोर साप्ताहिक सित कुराकानी गर्दै डिआइजी केसीले उनी विरुद्धमा उजुरी परे संगै एक्सन लिईएको स्पष्ट पारे । उता , प्राप्त गोप्यस्रोतका अनुसार उनै यादवले बिहीबार साँझ हेटौंडामा आएर घुमुवा प्रहरी हुँ भन्दै यहाँका केही केही ब्यापारीहरु सित अबैध  पैसा असुलेर गएको बुझिएको छ । आफूलाई कसैले कार्वाही गर्न नसक्ने बताउदै आएका यादव माथि भण्डाफोर साप्ताहिकको समाचार पढेपछि डिआइजी केसीले उनलाई असार २८ गते मंगलबार चितवन जान निर्देशन दिएका थिए । यद्यपि , उनी अहिले पनि चितवन गएका
छैनन् । उक्त समाचार प्रस्तुत भएपछि भण्डाफोर साप्ताहिकको प्रतिनिधिलाई समेत हप्काउन यादव पछि परेनन् । गोप्य स्रोतका अनुसार भण्डाफोर साप्ताहिकको सम्बाददाता प्रनिश थापा भन्ने को हो भन्दै विभिन्न ब्यक्तिलाई यादवले फोन गर्ने गरेको समेत बुझिन आएको  छ ।)